पोखराको एक कृषि फार्म : दुध उत्पादन भन्दा पाडापाडी हुर्काउन जोड

–हरि बाँस्तोला
हिमाली आवाज । भैसीको दुध घटेपछि मासुमा बिक्री गर्ने र अर्को भैसी खरिद गर्ने एवम् पाडापाडी हुर्काउन झनझटीलो मान्ने हाम्रो समाजमा यहाँको एउटा भैसी फर्मले दुधलाई भन्दा पाडापाडी हुर्काउने अभियानमा जुटेको छ ।

पोखरा महानगरपालिका वडा नं. १४ छिनेडाँडास्थित राधिका एकिकृत कृषि फर्मले दुध उत्पादनसँगै गोठमा जन्मीएका पाडापाडी हुर्काउने र उन्नत जातको राँगो दिएर माहु भैसीलाई प्रजनन गराउँदै नश्लसुधार अभियानमा जोड दिएको हो ।

उत्पादन वृद्धिसँगै रोजगार सिर्जना गर्ने लक्ष्यका साथ स्थानीय तीन जनाको लगानीमा २०७३ सालमबाट शुरु गरिएको फर्ममा अहिले जन्मेका १० वटा पाडी छन् भने एक बर्षको अवधिमा एक लाख मूल्य बराबरका पाँच वटा पाडा बिक्री गरेको फर्मका सञ्चालक मोहनबहादुर कार्की बताउनुभयो ।

उहाँका अनुसार गोठमा जन्मेका पाडापाडीलाई शुरुमा साढे एक थुन दुध दिने गरिएको छ । पछि विस्तारै दाना र घाँस खान शुरु गरेपछि दुध घटाउने गरेको जानकारी दिदै गोठमा जन्मेको एउटा पाडी व्याउने समेत भएको र अन्य पनि हुर्कदै छन् ।

“भारतबाट खरिद गरेर ल्याएका भैसी दुध दिने समयसम्म दुहुने र दुध घट्ने वित्तिकै मासुमा बिक्री गर्दा कृषकलाई त क्षणिक फाईदा होला तर राज्यको ठूलो रकम विदेशीने गरेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो विदेशीने रकम रोक्नका लागि पाडापाडी हुर्काउने र नयाँ माहु भैसीलाई उन्नत जातको राँगो दिएर नश्ल सुधार गर्नु अपरिहार्य छ ।”

गोठमा अहिले १० वटा पाडी सहित १६ वटा व्याउने र १२ वटा दुहुना भैसी रहेको बताउँदै उहाँले दैनिक ३० लिटर दुध उत्पादन हुने गरेको छ, प्रतिलिटर १४० रुपैयामा बिक्री गर्दा मासिक एक लाख २६ हजार रुपैया आम्दानी हुने गरेको जानकारी दिनुभयो । उन्नत नश्ल उत्पादनका लागि पशु ज्ञान केन्द्रले राँगो खरिदका लागि ५० हजार अनुदान दिएको छ । कूल ६० हजारमा खरिद गरेको राँगाको तौल आठ सय केजी रहेको छ । यसअघि पोखरा महानगरपालिकाबाट वायोग्याँस प्लान्टका लागि ५० हजार रुपैया अनुदान प्राप्त गरेको छ ।

“फर्ममा उत्पादित दुध बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक विहान बेलुका दुध खरिद गर्न फर्ममै आउछन्”, कार्कीले थप्नुभयो, “दुधमा गोठदेखि ओठसम्म शुद्धतामा ध्यान दिइएका छौ, फर्ममा उत्पादित भैसीको दुधमा आठ प्रतिशत प्mयाट हुन्छ जुन दुध खानका लागि पाडो भएर जन्मनु पर्दैन ।”

कतिपय दुध त कर्मचारी मार्पmत छिमेकका घरघरमा पु¥याउदै आएको उहाँको भनाइ छ । फर्म रहेको एउटा भैसीले दैनिक १५ लिटर दुध दिने गरेको छ ।

गोठमा ५० वटा माहु भैसी पु¥याएर दुध बिक्रीबाट मात्र मासिक दुई लाख र गोठमा बार्षिक २५ वटा माहु मैसी उत्पादन गरेर ३० लाख भन्दा बढी आम्दानी गर्नुका साथै जन्मेका २५ वटा पाडा बिक्रीवाट समेत ६ देखि ७ लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँ बताउनु हुन्छ ।

दानामा नभई घाँसमा आधारित भैसीपालनलाई जोड दिंदै आएको फर्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका विरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसायर भैसीलाई खुवाउदा दुधमा फ्याट (बाक्लो) पनको मात्रा बढी हुनुका साथै भैसीको स्वास्थ पनि राम्रो हुने गरेको उहाँको भनाइ छ । फर्मको लागि आवश्यक दान समेत उत्पादन गर्दै आएको छ ।

Comments
Loading...