मादीको नीति कार्यक्रम : मनाङ जोड्ने सुरुङ्गमार्ग, एक गाउँ एक हेलिप्याड(पूर्ण पाठ सहित)

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु(सिक्लेसको माथिल्लो भाग) देखी मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङ्ग मार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ ।

गाउँपालिकाले सोमबार नवौँ गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रममा सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

सो सुरुङ्ग मार्ग आयोजनाको कार्यान्वयनका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहित अन्य लगानीकर्ताहरुलाई आह्वान गरिने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताउनुभयो ।

यसैगरी राष्ट्रिय गौरवको निर्माणाधीन मध्य पहाडी लोकमार्ग(राजमार्ग)लाई गाउँपालिकाको भैंसे, ज्याउदु, सवी, मेलबोट, पानीघाट, मौजा हुँदै पोखराको याम्दी जोड्ने गरी नयाँ एलाइण्टमेट कायम गर्न सम्बन्धित निकायमा पहल गरिने भएको छ ।

यसैगरी विपद् पछिको उद्दार, राहत तथा पुर्नस्थापना कार्यमा सहजीकरण गर्न ‘एक गाउँ एक हेलिप्याड’ निर्माण गरिने योजना अघि सारिएको छ ।
गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको प्रचार प्रसार गर्न डकुमेन्ट्री तथा वृतचित्र, संघ र प्रदेश सरकारसंँगको समन्वय र साझेदारीमा पर्यटकीय गन्तव्यहरुमा पदमार्ग, खानेपानी, क्याम्पसाइड, सोलार बत्ती, मोबाइल टावर स्थापना जस्ता पूर्वाधारहरु निर्माण गर्दै लगिने नीति कार्यक्रममा उल्लेख छ ।
यसैगरी कोभिड १९ को लगातारको आक्रमणबाट शिथिल बनेको कृषि क्षेत्रलाई सबल बनाउन युवा जनशक्तिको भरपूर उपयोग मार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयआर्जन वृद्धि गर्न प्रोत्साहनमूलक कार्यक्रम संचालनको नीति गाउँपालिकाले लिएको छ ।
नीति कार्यक्रमको पूणर् पाठ
मादी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम ः
उपाध्यक्ष ज्यू,
सभा सदस्य ज्यूहरु,
१)  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको नयाँ संविधानलेपरिकल्पना गरे अनुसार स्थानीय तहको निर्वाचनबाट निर्वाचित हामीजनप्रतिनिधिकोपहिलो कार्यकालको चार वर्ष पूरा गरी अन्तिम वर्षमा प्रवेश गरेकाछौं । सम्भवतः हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो । हामीले चार वर्षको समीक्षा गरी अबको नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने हुन्छ । इतिहासको पहिलो चरण अर्थात्हाम्रो पहिलो कार्यकाल अवश्य पनि चुनौतीपूणर् नै रह्यो । भौतिक संरचनाको निर्माण भइ नसकेकोे, नीति नियम तर्जुमा नभएको, स्रोत, साधन,ज्ञान र अनुभवको सीमिततातथाकोभिड १९ को महामारीकोबाबजुत पनि हामीले यो चार वर्ष समग्रमा सफलतापूर्वक पार गरका छौं ।

द्द। यस महत्वपूणर् घडीमा म सम्पूणर् जनप्रतिनिधि साथीहरु, राष्ट्रसेवक कर्मचारीहरु,राजनीतिक दल, नागरिक समाज, आम मादीवासी जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यो चार वर्षहाम्रो लागि संविधानको कार्यान्वयन गर्दै स्थानीय तहको जग निर्माणमाअवश्य पनि महत्वपूणर् रह्यो । मादी गाउँपालिकाले यही कार्यकालभित्र आधारभूत ऐन, नियम, कार्यविधि मापदण्ड तर्जुमा गरी विकास निर्माणका महत्वपूणर् आयामहरुको थालानी गरेको छ । यो संगसंगै अकल्पनीय रुपमा फैलिएको कोभिड-१९ को महामारीले हाम्रो विकास निर्माण र समृद्धिको गतिलाई प्रभावित पारेको छ । यद्यपि यस महामारीबाट नागरिकलाई सुरक्षित राख्न प्रत्यक्ष रुपमा अग्रभागमा खटिएर नेपालका स्थानीय सरकारहरुले सवैभन्दा प्रभावकारी भूमिका निभाएको कुरा ऐतिहासिक रुपमानै स्थापित भएको छ, यसको लागि अग्रपंतिमा खटिएकास्वास्थ्यकर्मी, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघ संस्था लगायत हामी सबैले गौरव गर्नुपर्दछ ।

घ। नेपालको युगान्तकारी परिर्वतनको लागि, आफ्नो जीवन समर्पण गर्नुुहुने आदरणीय ज्ञात अज्ञात वीर शहिदहरुप्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पणगर्दछु । शहिदहरुका सपना र अग्रजहरुको मार्गदर्शन बमोजिम नयाँ नेपाल निर्माणलाई सार्थक तुल्याउने यात्रामा हामी सवैलाई प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।

द्ध। विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड १९) को कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउनु भएका यस मादी गाउँपालिकावासी तथा सम्पूणर् नेपाली दाजुभाइ दिदीवहिनीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, साथै कोभिड १९ बाट संक्रमित हुनुभएका सबैकोशीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

छ। कोरोना भाइरसबाट संक्रमित भएका पालिकाबासीको औषधी उपचारको लागि थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको आइसोलेसन केन्द्रलाई व्यवस्थित गर्न, अक्सिजन लगायतका स्वास्थ्य सामग्रीकोव्यवस्थापन गर्न साथै संक्रमित भई होम आइसोलेसनमा बस्नु भएका संक्रमितको लागि खाद्यान्न तथा औषधी उपलब्ध गराइसहयोग गर्नुहुने विभिन्न संघ संस्था तथा महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछु ।

ट। कोरोना भाइरसको महामारीको रोकथाम, नियन्त्रण तथा प्रकोप व्यवस्थापन कार्यमा अग्रपङ्तिमा रही खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीय राजनीतिक दल, विभिन्न संघ संस्था तथा स्थानीयवासी प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

ठ। समृद्ध मादी निर्माण गर्ने अभियानबाट समग्र मादी गाउँपालिकामा विकासका मूल फुट्न थालेका छन् । यी विकास निर्माणलाई सम्पन्न गर्न संघीय सरकार, प्रदेश सरकार,जिल्ला समन्वय समितितथा विभिन्न दातृसंघ संस्थाहरुको प्रभावकारी समन्वय र साझेदारी हुने अपेक्षा लिएको छु ।

ड। हाम्रो गाउँपालिका भौगोलिक,प्राकृतिक, ऐतिहासिक,सांस्कृतिकएवं पर्यटकीय महत्वका दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो । यसैगरी कृषि उत्पादन र पशुपालनमा पनि उत्तिकै सम्भावना रहेको छ । यी क्षेत्रको दु्रत विकासको लागि हाम्रा सामू अझै पनि थुप्रै चुनौतीहरु छन् । आर्थिक तथा सामाजिक क्षेत्रमा पछाडि परेका वर्ग तथा समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सृजना गर्न, कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्न, पर्यटन विकासबाट रोजगारी सिर्जना गर्न, वन जंगलकोे संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई कायम राख्न, भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाउन तथा विकासको अपेक्षित प्रतिफल सबै वर्ग र समुदायमा समान रुपले पुर्‍याउन, आन्तरिक आयको दायरालाई फराकिलो बनाई आन्तरिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन, सुशासन कायम राख्न र संस्थागत सुदृढीकरण गर्ने जस्ता जिम्मेवारी हाम्रो सामु रहेको कुरा स्मरण गराउन चाहन्छु ।
सभा सदस्य ज्यूहरु,

ढ। आ.व. २०७७/७८ को हालसम्मको प्रगति समीक्षाः
चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्दा रु. ६० करोड ६४ लाख ७३ हजार ९ सय ६४ अनुमान गरिएकोमा हालसम्म आय तर्फ४३ करोड ३८ लाख ३० हजार ८ सय ९३ रुपैया ४९ पैसा गाउँपालिकाको संचितकोषमा प्राप्त भएको छ ।

चालु खर्चतर्फ ३८ करोड ३९ लाख ४३ हजार ८ सय २५ रुपैयाँ व्यय अनुमान गरिएकोमा हालसम्म रु. २२ करोड १६ लाख २८ हजार ७८६ रुपैयाँ ९८ पैसा (५७.४५ प्रतिशत) खर्च भएको छ ।

पूँजीगत खर्चतर्फ २२ करोड २५ लाख ३० हजार १ सय ३९ रुपैयाँ विनियोजन भएकोमा हालसम्म ५ करोड १५ लाख ६२ हजार ८ सय ६४ रुपैयाँ (२३.१७ प्रतिशत) खर्च भएको छ । हाल सम्मको चालु र पूँजीगत खर्च ४४.९ प्रतिशत रहेको छ ।

प्रकोप व्यवस्थापन कोषमा १ करोड ३९ लाख ५९ हजार ५ सय ५२ रुपैयाँ ९० पैसा आम्दानी गरिएकोमा हालसम्म ४४ लाख ३५ हजार ८ सय ७१ रुपैयाँ खर्च भएको छ ।

पूर्वाधार विकास तर्फ ः
 चालु आ.ब २०७७/७८ मा गाउँपालिका स्तरीय र वडा स्तरीय गरी कुल २०० वटा योजना कार्यान्वनमा रहेका छन् ।
 गाउँपालिकाका वडा न. २, ४, ५, ६, ७, १० र १२ मा चालु आ.व.मा २१४ वटा खानेपानी धारा निर्माण गरिएको छ ।
 सडक संजालमा नजोडिएका बस्तीहरुमा सडक विस्तार गर्न चालु आ.व.मा कुल १५ किलोमिटर नयाँ सडक विस्तार गरिएको र करिव १०० कि.मी. सडक स्तरोन्नति गरी यातायात सुचारु गरिएको छ ।

 स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत वडा नं. ५ मा विद्याज्योति आ.वि. पछाडिको पहिरो ग्याविन जालीको काम सम्पन्न भैसकेको छ भने वडा नं. २ मा तोनी कोहिवो धिं ताङ्तिङ्ग ढलान,वडा नं. ३ मा याङ्जाकोट देउराली समाजघर, वडा नं. ७तल्लो छाचोक वहुउदेश्यीय समाज घर, वडा नं. ८ मिलनचोक हर्षे मोटरवाटो र पाखुरीकोट खेलमैदान, वडा नं. ९ मा गोर्जे सामुदायिक भवन र रुदी दोभान सिमार मोटरबाटो निर्माण तथा वडा नं ११ मा उपल्लो साप्ले सामुदायिक भवन र तासे समाज घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
 जिल्ला समन्वय समिति, कास्की र गाउँपालिकाको लागत साझेदारीमा वडा नं. ५, ८, ९ र १२ को वडा कार्यालय भवनको निर्माण कार्य यसै वर्ष सम्पन्न भएको छ, भने वडा नं. ६ र ७ को वडा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
 गाउँपालिकाको लगानीमा वडा नं १२ को भगवतीटारमा बहुउद्देश्यीय भवन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

आर्थिक विकास ः
 गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ लघु उद्ममी सिर्जना गर्ने तर्फ सहभागितात्मक ग्रामीण लेखाजोखा (पि.आर.ए) कार्यक्रम वडा नं १, २, ४ र ७ मा गरी ४ वटा वडामा सम्पन्न गरिएकोे छ । स्तरोन्नति (एड्भान्स सीप तालिम) अन्र्तगत वडा नं २ मा १६ जनालाई ऊनी कपडा बुनाई र वडा नं ११ मा ११ जनालाई अल्लो प्रशोधनसम्बन्धी २० दिने तालिमप्रदान गरिएको छ । त्यसैगरी वडा नं ७ मा १४ जनालाई ३० दिने हाउस वायरिङ तालिम, वडा नं. ८ मा ८ जनालाई ४५ दिने सुईटरतथा गलबन्दी बुनाई सम्बन्धी तालिमप्रदान गरिएको छ साथै वडा नं. ४ र ५ मा सिलाई कटाई तालिम संचालनमारहेकोे छ ।

 अध्यक्षसँग यूवा स्वरोजगार कार्यक्रममा आ.व २०७६/७७ मा सम्झौता भई प्रथम किस्ता भुक्तानी गरिएका ८३ जनालाई अनुदानको दोस्रो किस्ता रकम प्रदान गरिएको छ । साथै चालु आ.व २०७७/७८ मा ७३ जनासँग सम्झौता गरी प्रथम किस्ता भुक्तानीको चरणमा रहेको छ ।
 कृषि पशु अनुदान कार्यक्रम अन्र्तगत आ.व. २०७६/७७ मा प्रथम किस्ता भुक्तानी गरिएका १४ जना व्यवसायी कृषकलाईकृषि पशु अनुदानको दोस्रो किस्ता रकम भुक्तानी गरिएको छ । चालु आ.व. २०७७/७८ मा १९ जना व्यवसायी कृषक छनौट भई सम्झौता गरी प्रथम किस्ता भुक्तानीको चरणमा रहेको छ ।
 नेपाल पर्यटन बोर्डको सहकार्यमा कोरोना भाइरस (कोभिड १९) को कारण पर्यटन क्षेत्रमा रोजगार गुमाएका १०० (एक सय) जना श्रमिकहरुलाई ४५ (पैचालिस) दिनको रोजगारी प्रदान गरी टोनी हेगन पदमार्ग निर्माण गरिएको छ ।
 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आ.व २०७७/७८ मा कुल ३७ वटा कामको लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाबाट जम्मा १३५ जनालाई १०० दिन बराबरको रोजगारी प्रदान गरिएको छ ।

सुशासन तथा कार्यालय संचालन ः
 हालसम्म ८० बटा ऐन, नियम, कार्यविधि र मापदण्ड स्वीकृत गरी लागु गरिएको छ ।
 न्यायिक समितिमा परेका ५ वटा उजुरीको दुवै पक्षको उपस्थितिमा छलफल गरी मेलमिलाप गरिएको छ ।
 आ.व. २०५७/०५८ देखि हालसम्म हस्तलिखित ढड्डामा रहेका व्यक्तिगत घटना दर्ताका विवरण डिजिटाईजेशन गर्ने कार्य सम्पन्न गरिएको छ ।
 राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा राष्ट्रिय अभियान अन्तर्गत घटना दर्ता गर्न छुट भएका सेवाग्राहीलाई लक्षित गरीे१२ वटै वडामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरी छुट भएका व्यक्तिहरुको घटना दर्ता गरिएको छ ।
 प्राविधिक कर्मचारीहरुका लागि क्षमता विकास प्रशिक्षण तथा अन्य कर्मचारीहरुका लागि सूचना प्रविधि, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता र सम्पत्तिकर सम्बन्धीे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
 नेपाल दुरसंचार प्राधिकरणको लगानीमा गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयमा अप्टिकल फाइवर ईन्टरनेट जडान गरिएको छ ।
 सुरक्षित नागरिक आवस कार्यक्रम अन्र्तगत जस्ता पाताले खरको छाना विस्थापित गर्न ६३ घर परिवारलाई पहिलो किस्ता अनुदान उपलब्ध गराइएको छ ।
सामाजिक विकास ः
 स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजना अन्तर्गत वडा नं. ५ मा आधारभूत स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न भएको छ । साथै वडा नं. ८ र १२ मा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
 थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र र मिजुरे स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी नवनिर्मित भवनबाट सेवा शुरु गरिएको छ । साथै वडा नं ७ को तल्लो छाचोकमा १५ शैयाको आधारभूत अस्पतालनिर्माणको लागि जग्गा खरिद गरी भवन निर्माणको सूचना आह्वान गरिएको छ ।
 थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद औषधालय र सिक्लेसमा आरोग्य केन्द्र स्थापना भई संचालनमा रहेको छ ।
 गाउँपालिकाको आफ्नै स्रोतबाट एक थान र पूर्व स्वास्थ्य मन्त्री एवम् गृहमन्त्री माननीय खगराज अधिकारीको विशेष पहलमा भारतीय दुतावासबाट एक थान गरी दुईवटा एम्बुलेन्स सेवा संचालनमा ल्याइएको छ ।
 पालिकका ७ स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी १२०० जनालाई नसर्ने रोगको परामर्श सहित सुगर, पिसाव तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
 स्वास्थ्य संस्थाबाट प्रवाह हुने सबै प्रकारका स्वास्थ्य सेवालाई बन्दाबन्दीको अवस्थामा पनि नियमित सञ्चालन हुने व्यवस्था मिलाईएको छ ।
 विद्यालय भौतिक पूर्वाधार निर्माण अन्तर्गत धनुवास कालिका आ.वि र बालपदम आ.वि मा ३ कोठेशौचालय भवन निर्माण सम्पन्न भएको छ । साथै शिवशक्ति आ.वि. मा ३ कोठे शौचालय निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
 राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कास्कीको सहयोगमा दूधपोखरी मा.वि. सोधा, महारुद्र मा.वि. तप्राङ , जनमन्दिर आ. वि. थुम्सीकोट, हिमालय आ.वि. लिपेयानी, जनकल्याण मा.वि. मकैखोला, राष्ट्रज्योति मा.वि. सैमराङ, हिमालय मा.वि. गोर्जेमा विद्यालय भवन र सिताराम मा.वि. याङजाकोटमा शौचालय निर्माण सम्पन्न गरिएको छ ।
 विद्यालयमा शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न भएको छ ।
 राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ ।
 विद्यालयका प्रधानाध्यापक र लेखा सहायकका लागि विद्यालय लेखापालन, कार्यालय संचालन, व्यवस्थापन र क्ष्भ्(ःक्ष्क् (इ मिस) तालिम सम्पन्न गरिएको छ ।
 कक्षा १-३ का शिक्षकहरुका लागि पाठ्यक्रम प्रबोधिकरण तालिम सम्पन्न गरिएको छ ।
 विद्यालय विज्ञान प्रयोगशाला स्थापनाको लागि महारुद्र मा.वि. र ध्रुव मा.वि.लाई छनौट गरिएको छ ।
 विद्यालय आईसीटी ल्याब स्थापना कार्यक्रम अन्तर्गत हिमालय आ.वि. र सरस्वती कुन्ज आ.वि. लाई छनौट गरिएको छ ।
 विद्यालय पुस्तकालय कार्यक्रम अन्र्तगत नारायण आ. वि. लाई छनौट गरिएको छ ।
 राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा विद्यालय छनौट भई कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ ।
 प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरूको लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।
 २० जना भन्दा बढी बालवालिका भएकाविद्यालय र बालविकास कक्षा संचालन नभएका ५ वटा विद्यालयमा बालविकास सहयोगी कार्यकर्ताको दरवन्दी स्वीकृत गरी नियुक्ति गरिएको छ ।
 विद्यालयमा इन्टरनेट, ऋ।ग्।न् र स्वास्थ्य सुरक्षा सामग्रीको लागि रकमको व्यवस्था गरिएको छ ।
 आधारभूत तह (कक्षा १-८ ) उत्तीणर् परीक्षाको वार्षिक नतिजा प्रकाशन गरिए

Comments
Loading...