युआरएलमा सुगर जाँच सित्तैमा, अन्य परीक्षणमा भारी छुट

हिमाली आवाज । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताउनुभयो ।युआरएलको प्रधान कार्यालय न्युरोड पोखरामा छ ।

पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको अध्यक्ष पन्तले बताउनुभयो । उहाँले भन्नुभयो,“निःशुल्क शिविर, छुट आदिमा अहिलेसम्म ८० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिएका छौं । सामाजिक उत्तरदायित्व बोध गर्दै प्रदेशलाई प्रयोगशालामा आत्मनिर्भर बनाउन लागेका छौं ।”

यो शाखामा २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध छ । युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङबाट सेवा प्रवाह गरिरहेको छ ।

Comments
Loading...