नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण,काँग्रेस र माओवादीबाट दुई दुई जना मन्त्रि नियुक्त

हिमाली आवाज । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ गराउनुभयो । यसैगरी आजै चार जना मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहनुभएको छ ।

Comments
Loading...