अमेरिका पठाउने भन्दै रु ७४ लाख ठगी गरेको अभियोगमा पोखरामा तीन पक्राउ

हिमाली आवाज । कामदार भिसामा अमेरिका पठाउने बहानामा ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा नपरपालिका–४ घर भई हाल पोखरा–१८ बस्ने २४ वर्षीय बिकास भनेर चिनिने बिनोद भुसाल, पोखरा–२ मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा–१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

ठगी गर्ने मनसायले विगत दुई वर्ष देखी पीडित व्यक्तिहरुलाई पटक पटक गरी रु ७४ लाख नौ हजार ५०० बैँक खातामा जम्मा गर्न लगाई रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा तीनै जनालाई पक्राउ गरिएको हो

्प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीहरु बिरुद्ध ठगी मुद्धामा कास्की जिल्ला अदालतबाट शुक्रबार १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रनाउ हमालले जानकारी दिनुभयो ।

Comments
Loading...