नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्छ : अर्थमन्त्री बराल

हिमाली आवाज । पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई आग्रह गरेका छन्।

विहिबार (आज) हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा मन्त्री बराललाई फूलमाला र खादाले बधाई ज्ञापन गर्दै हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल आफु प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्राथमिकताको आधारमा र चुनावमा जनता सामु गरेका वाचा पूरा गर्न पहल गर्ने बताउनुभयो । बहुमत हिस्सालाई बाम गठबन्दन र एकता होस भन्ने चाहना भएको मन्त्री बरालको भनाई छ ।

उहाँले भन्नुभयो,“म के विश्वास दिलाउन चाहन्छु भने, अथवा म के कुरामा विश्वस्त छु भने नेपालमा एउटै कम्यूनिष्ट पार्टी बन्छ । त्यो दिशा तर्फ हेमजाबासीले एउटा सन्देस दिनु भएको छ । ”

निर्वाचनका वेला, निर्वाचन पश्चात र हाल पनि कम्यूनिष्टहरु एक हुनु पर्छ भन्ने हेमजाबासीको सन्देसले आफुहरुलाई पनि बाम एकता हुनुपर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

मन्त्री बरालले भन्नुभयो,“राजनीतिक हिसावले केही दरार भए पनि हेमजाबासीका कम्यूनिष्टमा सधै कम्युनिष्टहरु एक हुनु पर्छ भन्ने एकताको सन्देस दिइनै राख्नु भएको छ, एकता हार्दिकता, आत्मियताले हामीलाई थप बल पुगेको छ ।”

पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले नेपालका कम्यूनिष्टहरु एक हुनु पर्ने बताउनुभयो । पोखरा महानगरपालिकाले आफ्नो वडालाई सौतनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गरेको उहाँले गुनासो गर्नुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र पोखरा २५ हेमजा कमिटिको संयोजनमा भएको बधाई ज्ञापन कार्यक्रममा स्थानिय आमा समुुह, युवा क्लव तथा विभिन्न संघ संस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको नेपाल कम्यूनिष्ट पार्टीका नेता माधवशरण पौडेलले बताउनुभयो ।

हेमजा लाम्पाटा, हेमजा सुइखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समुह लगायतले स्थानिय रुपमा रहेको समस्या समधान गर्न मन्त्री समक्ष आग्रह समेत गरेका छन्।

Comments
Loading...