गण्डकीका सबै विद्यार्थी र शिक्षकलाई कोरोना खोपको व्यवस्था गर्न अखिल क्रान्तिकारीको माग

हिमाली आवाज । अखिल (क्रान्तिकारी),गण्डकी प्रदेश समितिले प्रदेशा सबै विद्यार्थी र शिक्षकलाई कोरोना खोपको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

प्रदेश समितिका अध्यक्ष क्षितिज सापकोटाको नेतृत्वमा गएको विद्यार्थीहरुको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आफ्ना मागपत्र बुझाउँदै विद्यार्थी तथा शिक्षकहरुलाई कोभिड–१९ बिरुद्दको खोपको ब्यबस्था गरी शैक्षिक वातावरण सहज बनाउन माग गरेको हो ।
क्रान्तिकारीले प्रदेशका जनप्रतिनिधिहरुको बालबच्चाहरु लाई सामुदायिक बिद्यालयहरुमा अनिवार्य पढाई सामुदायिक बिद्यालयहरुलाई प्रोत्साहन गर्न र विद्यार्थी आन्दोलनबाट प्राप्त बिद्यार्थी परिचय पत्र छुटको पूर्ण कार्यान्वयनको लागि आवश्यक निर्देशन गर्न आग्रह गरेको छ ।

यसैगरी लकडाउन अबधिभरको शिक्षण शुल्कको भार सरकारद्वारा व्यवस्था गर्न ,कोभिड संकमित बिधार्थीको सम्पूर्ण उपचार खर्चको व्यवस्था र सबै बिधार्थीको स्वास्थ्य बिमा निःशुल्क गर्न, दरबन्दी अभाव भएका शिक्षण संस्थाहरुमा दरवन्दी पूर्तिको लागि बिशेष पहल गर्न, जनयुद्द तथा जनआन्दोलनका शहिद,बेपत्ता तथा घाइतेका सन्ततिहरुलाई निशुल्क शिक्षा तथा स्वास्थ्यको ब्यबस्था गर्न र बजेट शिक्षाको क्षेत्र कम्तिमा २०% शुनिश्चितता गर्न माग गरेको छ ।

.सर्टिफिकेटको आधारमा पाइने शैक्षिक कर्जा सहजताका साथ् यथाशिघ्र कार्यान्वयन, विधार्थीहरुलाइ पार्टटाईम रोजगारी, इन्टनर्नसीप तथा रोजगारीको ब्यबस्था, पोखरा विश्वविद्यालय र गण्डकी विश्वबिद्यालय लाइ सर्वसुलभ तथा विद्यार्थीको पहुचमा हुने व्यवस्था गरी प्राविधिक शिक्षालाई बढावा दिन समेत अखिल क्रान्तिकारीले माग गरेको छ ।

कालीगण्डकी डाइभर्जन परियोजना खारेज गर्न सरकारले पहल गर्नुपर्ने र फेवाताल अतिक्रमण रोकेर मापदण्ड विपरितका संरचना तुरुन्त हटाइ मातहतमा ल्याउन मुख्यमन्त्रीसँग माग गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

Comments
Loading...