पोखरा औद्योगिक क्षेत्रका ५० भन्दा बढी उद्योगका सामानहरु फेवाबजारमा

हिमाली आवाज । ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्स र पोखरा औद्योगिक क्षेत्रबीच सहकार्य शुरु भएको छ । फेवाबजार र औद्योगिक क्षेत्रबीच औद्योगिक क्षेत्रमा उत्पादित सामान फेवाबजारबाट खरिद बिक्री गर्ने सम्झौता भएको हो ।

कोरोना महामारीका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुबाट उत्पादित सामाग्रीहरुले बजार नपाइरहेको वर्तमान समयमा अनलाईनमार्फत बिक्री गर्दै आइरहेको फेवाबजारमार्फत सर्वसाधारणको घर÷घरमा पु¥याउने उद्धेश्यले सहकार्यको सम्झौता भएको जनाइएको छ ।

सम्झौतासँगै औद्योगिक क्षेत्रमा उत्पादित ५० भन्दा बढी कम्पनीका उत्पादित सामग्रीहरु फेवाबजार डटकम ईकमर्समा प्राप्त हुने फेवाबजार डटकम ईकमर्सका कार्यकारी अध्यक्ष सुजन आचार्यले जानकारी दिनुभयो । औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट उत्पादित सबै सामान निःशुल्क रुपमा फेवाबजारमा बिक्रीका लागि राख्न दिइने सम्झौता पत्रमा उल्लेख रहेको छ । उहाँका अनुसार फेवाबजारमा सामान राखेवापत फेवाबजारले उद्योगसँग कुनै कमिसन वा शुल्क लिदैन ।

निःशुल्क होम डेलिभरी सेवा सञ्चालन गरिरहेको फेवाबजारले पोखरा औद्योगिक क्षेत्रमा उत्पादित सामानहरु बेच्न शुरु गरेसँगै सर्वसाधारणले पोखरा उद्योगिक क्षेत्रका उद्योगहरुबाट उत्पादित सामग्रीहरु सर्वसाधारणले सहज र सुलभमा मूल्यमा प्राप्त गर्ने विश्वास लिइएको छ । जसका कारण औद्योगिक क्षेत्र र त्यहाँ रहेका उद्योगहरुले थप उचाई प्राप्त गर्ने विश्वास लिइएको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो ।

पोखरामा मुख्य कार्यालय, काठमाडौंमा कर्पोरेट कार्यालय तथा भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत १३ वटा आउटलेटहरुबाट देशैभर चौविसै घण्टा निरन्तर सेवा दिइदै आएको फेवाबजार डटकमले जनाएको छ । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने कार्यकारी निर्देशक आचार्यले जानकारी दिनुभयो ।

कोरोनाले गर्दा जनजीवनमासमेत गम्भीर असर परेको भन्दै फेवाबजारले विभिन्न बैंकसँगको सहकार्यमा सहायता योजना अन्तर्गत क्रेडिट सुविधा दिइरहेको छ । कार्यकारी निर्देशक आचार्यका अनुसार ग्राहकलाई बिना धितो शुल्य प्रतिशत ब्याजमा क्रेडिट सुविधा दिइएको छ ।

फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका खाद्यान्न, ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ । फेवाबजारमा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।

हरेक महिना विशेष अफरको समयभित्र फेवाबजारले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटका साथै अन्य विभिन्न अफरहरु दिने गरेको छ । फेवाबजारले कमाएको नाफाको केहि प्रतिशतबाट युवा स्वरोजगार र देशको सामाजिक आर्थिक विकासमा सहयोग गर्दै आएको छ ।

Comments
Loading...