एमाले पोखरा–१७ को वडा कमिटी कार्यालय उद्घाटन

हिमाली आवाज । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढने बताउनु भएको छ ।

नेकपा (एमाले) पोखरा १७ वडा कमिटि कार्यालयको आज डेमसाईडमा उद्घाटनसंगै पार्टी विस्तारीत बैठकमा बोल्दै उहाँले पार्टी निर्माणमा एकतावद्ध भएर जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

निर्वाचित जनप्रतिनिधि र पार्टी बीचको सम्वन्ध पानी र माछा जस्तै हुनु पर्ने उल्लेख दिंदै उहाँले नेकपा एमालेले शुरु गरेको सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई जनताको घरघरमा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

विस्तारीत बैठकमा जिल्ला पार्टी सचिव दामोदर बैरागीले निकट भविष्यमा हुने पार्टी महाधिवेशनसंगै मुलुकमा हुने तीनै तहका निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले पार्टीको आन्तरिक जिवनलाई मजवुद बनाउन प्रत्येक कार्यकर्ता उत्पादनसंग जोडिनु पर्नेमा जोड दिनुभयो ।

पार्टी वडा कमिटी १७ का अध्यक्ष सुभाष ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसुन्धरा पौडेल, सचिव लालबहादुर रानामगर लगायतले पार्टीका गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला स्तरका नेता, जनवर्गीय संगठन, बिभिन्न्न टोल कमिटिका पदाधिकारी तथा प्रतिनिधिहरु लगायत वडास्तरीय पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।

Comments
Loading...