माओवादीले बासमति चामल बेच्न सकेन,ओलीले पिठो बेचे : अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रथामिकताको आधारमा विकास निर्माणमा केन्द्रित गर्ने बताउनु भएको छ ।

नेकपा माओबादी केन्द्र पोखरा २३ वडा कमिटिको आइतबार पोखरा २३ को बाम्दीमा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणमा ध्यान केन्द्रित गर्ने बताउनु भयो ।

नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहनु भएका मन्त्री बरालले जनताका धेरै आवश्यकता र मागहरु आफुहरु समक्ष आए पनि त्यसको आधारभूत आवश्यकताको आधारमा विकास निर्माणका योजनाहरुलाई प्रथामिकता दिने बताउनु भएको हो ।

अन्य पाटी भन्दा माओबादी फरक भएको उल्लेख गर्दै मन्त्री बरालले माओबादी अब पहिलाकै ढंगले जनताको हितहुने गरी जनपक्षिय कार्यमा जुट्न सुझाव दिनु भएको छ । उहाँले भन्नुभयो“ हिजो कुनै समयमा कानूनी बिषयलाई माओबादीले मौखिक सहमतिमा धेरै जनताको पक्षका वकालत गर्दै आएको थियो, अहिले सक्तामा भएकोेले त्यसलाई संस्थागत गर्न खोजेका छौं, माओबादी अब फेरी निष्ठा पुर्वक निःस्वार्थ भावले एकताबद्ध हुनुपर्छ । ”

माओबादीलाई २०६४ सालकै हैसियतमा पुराउने गरी नेता तथा कार्यकर्ताहरु एक भई अघि बढ्न सुझाव दिदै मन्त्री बरालले माओबादी नभएमा पन्चायत भन्दा कहाली लाग्दो अबस्था आउन सक्ने आशंका गर्नु भएको छ ।

ठगिधन्दा गर्नेहरुको समुहलाई फेवातालको सिल्ट्रेसन ड्याम निर्माण गर्ने जिम्मा दिएकोले गर्दा ड्याम फुट्ने समस्याले निरन्तरता पाउदा जनतालाई सास्ती भएको मन्त्री बरालको भनाई थियो । माओबादीसंग बासमतीको चामलै चामल हुदा चामल बेच्न नसकेको तर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समुहले भने पिठो बिक्री गरेको मन्त्री बरालको टिप्पणी थियो ।

नेपाली जनताको शिर जुक्ने काम कहिले पनि नगरेको उहाँको दाबी गर्नु भयो । उहाँले भन्नु भयो“हाम्रो पार्टीेले चुनाब जित्नुपर्छ, राज्यले पछाडि पारेकालाई निती निर्माणमा ल्याउने काम हाम्रो पार्टीले गरेको छ, समानुपातिक, समावेसी, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका जनताका अधिकार माओबादीले स्थापित गरेको हो, यो माओबादीको डकुमेन्टमा उल्लेख रहेको छ । ”

यसैबिच प्रदेशका भूमि व्यबस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले माओबादी पार्टीका केन्द्रका नेता देखि तल्लो तहसम्म केही सुधार गर्नुपर्ने बताउनु भयो ।

दलाल, पुंजिपतीको समसंग्रहमा परेर अतिवाद प्रतिगमनलाई परास्त पारेर पनि हाल काग्रेंस सहितको दलहरुसंग एकतासंगै सघर्ष समेत जारी रहेको मन्त्री बुढाको भनाई थियो । जग्गा चक्लाबन्दी र एक सहकारी एक उत्पादन कार्यक्रममा केही अनुदान भएकोले यसबाट लाभ लिन मन्त्री बुढाले आग्रह समेत गर्नु भएको छ ।
पोखरा २३ का वडा पार्टी अध्यक्ष घनश्याम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी नेता केशव पौडेल, जनकराज पराजुली, जीवन कुमार सुनार, लोकराज दाहाल लगायतले वोल्नु भएको थियो । कार्यक्रममा स्थानिय विभिन्न संघ संस्थाहरुले मन्त्री बराल तथा मन्त्री बुढा समक्ष माग पत्र समेत पेश गर्नु भएको थियो ।
त्यस्तै फेवातालको सिरान भाग क्षेत्रमा हर्पन खोलाले यस बर्ष पुराएको क्षतीको बारेमा समेत मन्त्री बराल र बुढाले अवलोकन गर्नु भएको छ ।

Comments
Loading...