कोरोनाले रोजगारी गुमाएका पदयात्रा मजदुरलाई टान पोखराले दियो रोजगारी

हिमाली आवाज । टेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा मजदुरलाई रोजगारी दिएको छ ।

टानको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अनुसार २०० जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागी रोजगार कार्यक्रम अनुरुप पहिलो चरणमा आजदेखी रोजगार शुरु भएको हो ।

नौडाँडा,कास्कीकोट सराङकोट मेथलाङ जरेवर पदमार्ग मर्मतसंम्भार तथा सरसफाई कार्यक्रममा ३० जना पदयात्रा मजदुरहरुलाई संलग्न गराई रोजगारी कार्यक्रम कार्यान्वयन गरिएको हो ।

टे«किङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको संयुक्त कोष र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको जीबिकोपार्जनपुनरुत्थानका लागी पर्यटन परियोजना अन्तर्गत कोभिड १९ को असरका कारण रोजागारी गुमाउन भएका पदयात्रा श्रमिकहरुलाई अल्पकालिन रोजगार प्रदान गर्ने र पदयात्रा पदमार्गहरुको मर्मत सम्भार गरि पदयात्रा व्यबसायलाई चलायामान गराउने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कुरा टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो ।

नेपालको पर्यटन विकासको लागि पदयात्रा पदमार्गहरुको महत्व उच्च रहेको हुदाँ यस परियोजना अन्गर्तत पदमार्गहरुको मर्मत सम्भार तथा सरसफाई गर्न लागिएको बताइन्छ ।

सेप्टेम्वर २७ मा रहेको बिश्व पर्यटन दिबश , कास्कीकोट पदमार्गमा बिभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधीहरु ल्याएर पदयात्रा गराई मनाइने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताउनुभएको हो ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोड ,गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, पोखरा महानगर पालिका वडा नम्बर २४ का वडाअध्यक्ष ओम सुबेदी लगायतले पर्यटनका विषयमा भनाई राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाकाका सचिव मिलन तिवारीले गर्नुभएको थियो ।

Comments
Loading...