पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित

हिमाली आवाज । पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित हुनुभएको छ । परिषद्को बुधबार सम्पन्न २६ औं साधारण सभा तथा १४ं अधिवेशनमा कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरेर भुजेल अध्यक्ष बन्नुभयो ।

कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गर्नुभयो भने भण्डारीले ११ मत प्राप्त गर्नुभएको थियो । ३ मत बदर भएको थियो । परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुनुहुन्छ ।

यसैगरी परिषदको सदस्यहरुमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । परिषदको निर्वाचित कमिटीले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पछि चयन गर्नेछ ।

Comments
Loading...