माछापुच्छ्रे डेन्टल क्लिनिकद्धारा भोटेकोशी बाढीपीडितका लागि राहत सहयोग

हिमाली आवाज । विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले पोखराको महेन्द्रपुलमा अवस्थित माछापुच्छ«े डेन्टल क्लिनिकले राहत सामग्री सहयोग गरेको छ ।

क्लिनिकले बाढीपीडितका लागि करिब रु १५ हजार बराबरको मञ्जन, ब्रस, चाउचाउ लगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो ।
राहत सहयोग हस्तान्तरण गर्दै माछापुच्छ्रे डेन्टल क्लिनिकका सञ्चालक रामराज कोइरालाले राष्ट्रिय विपत्तिको घडीमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो।

“भोटेकोशी बाढीले धेरै नागरिकलाई ठूलो पीडा र कठिनाइमा पारेको छ। यस्तो दुःखद घडीमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो। हाम्रो सानो राहत सामग्रीले बाढीपीडितप्रति ऐक्यबद्धता र साथको सन्देश हो,” उहाँले भन्नुभयो।

कोइरालाले विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र, संघसंस्था तथा आमनागरिकले समेत आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। डेन्टल क्लिनिकले उपलव्ध गराएको राहत शुक्रबारनै प्रभावित क्षेत्रमा पु¥याइने बताइन्छ ।

Comments
Loading...