राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा जानु पर्दछ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गर्नुभएको छ ।

मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने बताउनुभयो । ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा राख्नुभयो । यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’,ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई मिडियाले खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो । सम्बोधनको क्रममा ओलीले संसद् विघटन गर्नु सही भएको पनि तर्क गर्दै भन्नुभयो ।

ताजा जनादेशमा जानु कसरी प्रतिगामी कदम हुन्छ ? एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी भएको भन्दै ओलीले पार्टीको दशौं महाधिवेशनको लागि आफूहरु तयारीमा होमिएको र सोहीअनुसार दस्तावेज तयार भएको पनि सुनाउनुभयो । पार्टीको आगामी महाधिवेशन महत्वपूर्ण हुने भनाई ओलीको छ ।

Comments
Loading...