पारस शाहको पोखराको भाडाको घरमा चोरी, एक जना पक्राउ

हिमाली आवाज । पूर्व युवराज पारस शाहको भाडाको घरमा चोरी भएको छ । पोखरास्थित भाडामा लिइएको शाहको घरमा सोमबार चोरी भएको हो ।

लेकसाइड स्थित बुलौदीमा पूर्व युवराज शाह बस्दै आएको कोठाबाट चोरी गरेर भागेका ती व्यक्तिलाई काठमाडौंमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले बताए।

चोरीमा संलग्न बारा जिल्ला घर भइ शाहकै निवासमा काम गर्दै आएका कामदार रहेको सिंहले बताए । उनलाई राजधानीको एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी भएका २ थान आई प्याड, २ थान दूरबिन, क्यामेरा र मोबाइल पूर्व युवराज शाहलाई फिर्ता गरिसकेको छ। गौतमलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...