श्रीवृद्धि बचत तथा ऋण सहकारीको अध्यक्षमा मिन गुरुङ निर्वाचित

हिमाली आवाज । पोखरा महानगरपालिका–१० अस्पतालचोकमा रहेको श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा युवा समाजसेवी मिनबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

सहकारीको आज सम्पन्न १३ औँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले गुरुङलाई पुन ः आगामी तीन वर्षका लागि सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिव रामचन्द्र अधिकारी र कोषाध्यक्ष रुद्रनाथ अधिकारी निर्विरोध निर्वाचित हुनुभयो । सञ्चाल समितिको सदस्यहरुमा शंकर तिमिल्सिना,डा.विनिता कोइराला शर्मा,रामबहादुर केसी, भुमिजंग केसी र हरि गिरी रहनुभएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा रामचन्द्र ध्वजु तथा सदस्यहरुमा वसन्तराज गौतम र भुवनचन्द्र आचार्य निर्विरोध निर्वाचित हुनुभयो ।
शिक्षा समितिको संयोजकमा सरला तिमिल्सिना तथा सदस्यद्धयमा मञ्जु लामिछाने भण्डारी र रचना पोखरेल हुनुहुन्छ । महिला उपसमितिको संयोजक शान्ति सुवेदी तथा सदस्यद्धयमा सिर्जना गुरुङ र रमादेवी भण्डारी चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष मिनबहादुर गुरुङले सञ्चालक समितिलाई चुस्त दुरुस्त बनाउँदै व्यवस्थापनलाई कुशल अनुशासित इमानदार बनाउँदै संस्थाको क्षमता वृद्धि गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“सहकारी संस्थाको स्थितिलाई अझ बलियो बनाउनका लागि विगतका साधारणसभाको नीति अनुसरण गर्दै संस्थाको आफ्नै स्थायी सम्पत्तिको व्यवस्था गर्नेछु ।”

Comments
Loading...