उन्नति बचत सहकारीको १३ औँ वार्षिक साधारणसभा

हिमाली आवाज । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिकक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजेश रानाभाटले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद थापाद्धारा प्रस्तुत प्रगति प्रतिवेदन छलफल गरी पारित गरेको हो ।

साधारणसभामा अध्यक्ष रानाभाटले कोभिड–१९ को महामारीमा समेत संस्थाले उल्लेख्य प्रगति हासिल गरेको र राम्रोसँग अघि बढेको बताउनुभयो । शेयर पूँजी रकम र साधारण जगेडा रकम अघिल्लो वर्षको तुलनामा वृद्धि भएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।

गत वर्ष कोरोनाका कारण भौतिक उपस्थितिमा सभा गर्न असमर्थ रहेको बताउँदै उहाँले यस वर्ष भौतिक रुपमै कार्यक्रम गरेर शेयर सदस्यका सुझावहरु ग्रहण गरिएको बताउनुभयो । सहकारीले नयाँबजारमा यसै आर्थिक वर्षमा जग्गा खरिद गरेकाले उक्त जग्गामा संस्थाको सुविधासम्पन्न भवन निर्माण गरी संस्थाको मुख्य कार्यालयलाई स्थानान्तरण गरिने अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।

साधारणसभामा पूर्व अध्यक्ष देवराज पौडेलले संस्थाको वृहत्तर हितका लागि सञ्चालक समिति सहित शेयर सदस्यहरुले समेत योगदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एसइइी र कक्षा १२ उत्तीर्ण शेयर सदस्यका छोराछोरीहरुप्रिजन श्रेष्ठ, दिवस भण्डारी, मोनिका कार्की,सिर्जना लम्साल,सदीक्षा बराल,साहिल श्रेष्ठ, सिद्धार्थ बगाले, विधान श्रेष्ठ, आयुष्मा रिजाल, दर्शत तिवारी, विशाल लम्साल, षडानाथ ताम्राकार, सुजल आचार्य, सुयोग थापा, संस्कृति थापा, आयुश थापा, साकार भट्टराई, दीपेश थापा र विशेषजंग कुँबरलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु रमेश सापकोटा, विदुर त्रिपाठी, नारायण प्रसाद शर्मा, हरिप्रसाद गौतम, विनोज पोटे, ज्ञानेश्वरलाल श्रेष्ठ, अनिता रानाभाट, दयालक्ष्मी बतास, चन्द्र कुँबर, जानकारी पाण्डे, शोभा शर्मा र सविना मर्हजन समेत सम्मानित हुनुभयो ।

साधारणसभाको अवसरमा संस्थाको उत्कृष्ट कर्मचारी सम्मानबाट सन्दीप बराल सम्मानित हुनुभएको संस्थाका प्रवन्ध निर्देशक भगवान भट्टराईले जानकारी दिनुभयो। गत असोज १२ गतेसम्म संस्थामा रु ८१ करोड ४८ लाख ५९ हजार २०२ बचत संकलन भएको र सो समयसम्म ७८ करोड ६१ लख ३४ हजार ५०६ कर्जा लगानी भएको प्रवन्ध निर्देशक भट्टराईले बताउनुभयो ।

सञ्चालक समितिका अध्यक्ष राजेश रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रेवतिरमण भण्डारी र स्वागत तथा सहकारी सिद्धान्त बाचन उपाध्यक्ष लेखनाथ अर्यालले गर्नुभएको थियो ।

Comments
Loading...