स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्वमा खुसियाली साट्न मुख्यमन्त्रीको आग्रह

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताउनुभएको छ ।

विजयादशमी÷बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नुका साथै समायानुकुल बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्नेमा म विश्वस्त छु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र राष्ट्र हो भन्दै मुख्यमन्त्री पोखरेलले विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्ुनभयो, ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’ दसैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको मुख्यमन्त्रीको भनाई छ । बडादशैं २०७८ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन सम्पूर्ण प्रदेशवासी र नेपालीहरुमा मुख्यमन्त्रीले अनुरोध गर्नुभएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को खतरा अझै कायमै रहेकाले नेपाल सरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाएर खुसियाली साट्न मुख्यमन्त्रीले पोखरेलले हार्दिक अपिल गर्नुभएको छ ।

Comments
Loading...