जीपको ठक्करबाट पोखरामा मोटरसाइकल चालकको मृत्यु, एक गम्भिर घाइते

हिमाली आवाज ।जीपको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

पोखरा महानगरपालिका –२६ बुढीबजार स्थित ग १ च ६८७८ को जीपले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिंदा मोटरसाइकल चालक कास्की मादी गाउँपालिका –५ मिजुरे बस्ने ४७ वर्षीय सूर्यबहादुर क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सन्दिप केसी गम्भीर घाइते हुनुभएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Comments
Loading...