आगामी निर्वाचन चितवनबाटै लड्छु :अध्यक्ष प्रचण्ड

काठमाडैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन चितवनबाटै लड्ने बताउनुभएको छ ।

भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्ना लागि अबको निर्वाचन अन्तिम हुनसक्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’

Comments
Loading...