एमाले माछापुच्छ्रेको अध्यक्षमा विक्रम गुरुङ चयन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध चयन हुनुभएको छ ।
पहिलो गाउँपालिका अधिवेशनमा अध्यक्ष पदका लागि अन्य चार आकाँक्षी रहेपनि अन्त्यमा गुरुङ सर्वसम्मत हुनुभयो ।

उहाँ विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं २ को वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । गुरुङको अध्यक्षतामा ७५ सदस्सीय पालिका कमिटी गठन गरिएको हो ।

यसैगरी उपाध्यक्षमा केशवराज पोखेरल, सचिव दुर्गाबहादुर क्षेत्री र सहसचिवद्धयमा राधा त्रिपाठी अधिकारी र बलराम अधिकारी सर्वसम्मत चयन हुनुभएको गाउँपालिका अधिवेशन प्रचार प्रसार समितिका संयोजक पूर्णबहादुर शाहीले हिमाली आवाज डटकमलाई जानकारी दिनुभयो । नेतृत्वमा सहमति नहुँदा गत कात्तिक ९ गते गाउँपालिकाको निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

Comments
Loading...