विभिन्न दुर्घटनामा एकै दिन २५ जनाको मृत्यु

काठमाडौं । सल्यान, मकवानपुर, मोरङ, सर्लाही, महोत्तरी, झापा, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलास्थित सडकमा सल्यान खलंगाबाट दाङ तुलसिपुरतर्फ जाँदै गरेको रा. १ ख २५५२ नम्बरको बस सडकदेखि अन्दाजी २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, प्रहरी चौकी कपुरकोट तथा सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २८ जनालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल, शारदा मेट्रो अस्पताल, कान्तिपुर अस्पताल र परोपकार अस्पतालतर्फ पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Comments
Loading...