नेकपा(माओवादी केन्द्र) पोखरा–३ को अध्यक्षमा गुरुङ सर्वसम्मत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगरपालिका–३ को वडा कमिटीको अध्यक्षमा क्या भीमबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।

वडा कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले गुरुङ को अध्यक्षता ३१ सदस्सीय कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा जगत लाल शाही ,सचिव कृष्ण अर्याल , सहसचिव धनकाजी श्रेष्ठ र कोषाध्यक्ष मनमाया विश्वकर्मा रहनुभएको छ ।

अधिवेशनले महानगर प्रतिनिधिमा ८ जनालाई चयन गरेको छ । अधिवेशनको उद्घाटन पार्टी कास्की जिल्ला सयोजक बखानसिँह गुरुङले गर्नुभएको थियो ।सो अवसरमा नेता गुरुङले पार्टीले लिएको नीति अनुरुप अहिले देश चलिरहेकाले अबको निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

विशेष अतिथि पार्टीका पोखरा महानगर कार्यलय सदस्य भानुभक्त अधिकारिले माओवादी पार्टी कमजोर बन्दा दलित ,महिला,जनजाति का अधिकार कमजोर बन्ने र संविधाननै धरापमा पर्ने बताउनुभयो ।

उहाँले अबको चुनाव मतद्धारा प्रतिगमनमा लाग्ने हरुलाई दरिलो झापड दिन आम जनतामा अपिल गर्नुभयो । कार्यक्रममा मनबहादुर बिक , कृष्ण अर्याल लागाएतले बोल्नु भएको थियो ।

Comments
Loading...