एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै

हिमाली आवाज । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखी बाग्मती प्रदेशको चितवनमा सुरु हुँदैछ ।

अधिवेशनको उद्घाटन समारोह चितवनको नारायणी किनारमा हुनेछ भने बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।एमालले उद्घाटन सत्रमा पाँच लाख मानिस उतार्ने तयारी गरेको छ । देशका सबै जिल्लाबाट महाधिवेशनका लागि बसबाट पार्टी कार्यकर्ता र जनतालाई एमालले चितवन लगेको छ ।

Comments
Loading...