माओवादी पोखरा महानगरको ९९ सदस्य घोषणा, नेतृत्वमा सहमति बनेन(कुन पदमा को आकाँक्षी सहित)

हिमाली आवाज । गत मंसिर ११ गते देशैभर पालिका अधिवेशन उद्घाटन गरेको माओवादी केन्द्रले कास्कीको मादी गाउँपालिका बाहेक अन्य चार पालिकामा अझै नेतृत्व टुँगो लगाउन सकेको छैन ।

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिका सहित रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा माओवादीले अध्यक्षका आकाँक्षी धेरै हुँदा नेतृत्व टुँगो लगाउन सकेको छैन । अध्यक्ष सहित पदाधिकारी चुन्न बाँकी रहेपनि पालिका सदस्य भने चयन गरिएको छ ।

पोखरा महानगरपालिका कमिटीको अध्यक्ष लगायतका पदाधिकारी चयन नभएपनि आज ९९ जना सदस्यहरु भने घोषणा गरिएको छ । माओवादीले महिला, दलित महिला, युवा, जनजाति सबै क्षेत्रलाई मिलाएर समावेशी कमिटी बनाएको छ । कमिटीमा युवाको बाहुल्यता बढी छ ।

महानगर कमिटीका सदस्यको टुँगो लागेपनि अध्यक्ष लगायत पदाधिकारीमा सहमति बन्न सकेको छैन । पदाधिकारीमा धेरैको दावी रहँदा माओवादीलाई नेतृत्व छान्न सकस परेको छ ।

माओवादी पोखरा महानगर कमिटीको अध्यक्षका लागि मुख्य गरी कृष्ण गिरी(विज्ञान) र गंगा पोखरेलको दावी छ ।  दुई मध्ये कसलाई अध्यक्ष बनाउने भन्नेमा माओवादी जिल्ला नेतृत्व समेत दुई धारमा विभाजित हुँदा अध्यक्ष छान्न सकस परेको छ । माओवादीले गिरी र पोखरेल मध्येबाट एक जनालाई महानगरको अध्यक्ष बनाउने योजनामा छ ।  यसैगरी वाइसियलका जिल्ला इन्चार्ज भोजराज पौडेलले पनि आफूले अध्यक्ष पाउनुपर्ने दावी गर्नुभएको छ ।

तीन उपाध्यक्षका लागि शिवजी लामिछाने, हर्कमान विश्वकर्मा, सिर्जना त्रिपाठी, नर्मदा कँडेलले दावी गर्नुभएको छ । सचिवमा जनकराज पराजुली, भानुभक्त अधिकारी, राजु तिमिल्सिना र विनय थापा आकाँक्षी हुनुहुन्छ ।

यसैगरी कोषाध्यक्षमा लक्ष्मी प्रसाद सुवेदी,हरि भण्डारी ,बलराम सुवेदी र ओमप्रसाद पौडेलले चाहना राख्नुभएको छ । सहसचिवमा पुष्पकमल ढुँगाना,सविन जिसी र सूर्य तिवारीको दावी छ ।

पदाधिकारीमा आवश्यकताभन्दा बढीको चाहना र सहमति नबन्दा महानगरको नेतृत्व चयन गर्न माओवादीलाई सकस परेको छ । अधिवेशन सुरु भएको चार दिन वित्दा समेत पालिकामा माओवादीको नेतृत्व चयन हुन सकेको छैन ।

पोखरा महानगर कमिटीमा रहने ९९ सदस्यहरु भने सर्वसम्मत चयन हुनुभएको छ । कमिटीको सदस्यहरुमा गंगाप्रसाद पोखरेल, शिवजी लामिछाने, हरिनाराण गिरी, विनय थापा, कृष्णकुमारी सुवेदी, सरस्वती परियार, विमला पहारी, नारायण परियार, भीमबहादुर नेपाली, विशाल बास्तोला, कविर गुरुङ, रामचन्द्र पौडेल, पुष्पकमल ढुंगाना, दयाराम तिवारी, अर्जुन मल्ल, भवानी पौडेल, कृष्णकुमारी लामिछाने, वसन्त भट्टचन, श्रीकान्त अधिकारी, विमला खड्का, देवराज पौडेल, टीका भण्डारी, बिरजंग गुरुङ, काशीनाथ घिमिरे रहनुभएको छ ।

यसैगरी मदिना विक, जया लामिछाने, सूर्य तिवारी, रामप्रसाद तिमिल्सिना, मंगल नेपाली, चेतकृष्ण भुर्तेल, जनकराज पराजुली, श्रीमाया घताने, बुद्धिमाया गुरुङ, भक्तबहादुर खत्री, गौतम थापा, चिजा गुरुङ, ईश्वरीप्रसाद लम्साल, रवि भण्डारी, गान्धीकुमारी गुरुङ, ऋषिराम बराल, देबी अधिकारी, भरत भट्टराई, शिव पौडेल, विपीन आचार्य, प्रकाशचन्द्र अधिकारी, शान्ति नेपाली, हर्कमान विश्वकर्मा, हिराजंग गुरुङ, लक्ष्मीप्रसाद सुवेदी, गंगाप्रसाद पोखरेल, श्रीकृष्ण अधिकारी, मणिचन्द्र कँडेल, गीता खनाल हुनुहुन्छ ।

यसैगरी, कुमार लामा, जुवेदा खातुन, निशा खातुन, भानुभक्त अधिकारी, ईन्द्रशोभा पौडेल, भीम विक सेञ्चुरी, राजु शर्मा तिमिल्सिना, प्रजापति अधिकारी, आरती अधिकारी, सविनराज जिसी, गोविन्द गौतम, रमेश देउजा, सिर्जना त्रिपाठी, माधवशरण पौडेल, हरिमाया गौतम, भोजराज पौडेल, प्रकाश कोइराला, तारानाथ ढुंगाना, नवराज अधिकारी, नर्मदा कँडेल, मैना लम्साल, चण्डिका बराल, डेभिड गुरुङ, लोकराज दाहाल, हरि भण्डारी, बलराम सुवेदी, चिजा भट्टराई सुवेदी, ऋषि सुवेदी, पूर्णकला भट्टराई, अनिता विक, कमला ढकाल, चिजाकुमारी विक, अनिल परियार, खड्कबहादुर विश्वकर्मा, कुलबहादुर कामी, रविन विक र ड्रागन बुढाथोकी महानगर सदस्य चयन हुनुभयो ।

Comments
Loading...