नेपालको राजनीति संस्कार र हाम्रा नेताहरु

♦रामबहादुर नेपाली
हामी सवैलाई सर्वविदितै छ, राजनीतिनै यस्तो संयन्त्र हो । जसले जनताको हित र देश विकासमा आमुुल परिवर्तन गर्न सक्छ । राजनीति मा एक से एक खराब आचरण भएका नेताहरु देशमा भए त्यो भन्दा अर्को दुुर्भाग्य देशको लागि केही नहुुने सबुुत बेला बेलामा हाम्रा देशका राजनितीज्ञहरुको व्यवहारबाट प्रष्ट भएको छ। देशका सबै सुुख, सुुविधा अनि तलब भत्ता लिएर पनि जनता र देशका पक्षमा नीतिगत विकास खर्च बाहेक सिन्को पनि नभाच्ने नेताहरुले अरु देश र नेताहरुवाट सिक्न जरुरी छ ।

हाम्रो देशका नेताहरु भाषण र एक अर्कोमा आरोप प्रत्यारोपणमा सायद दुुनियाँमा कसैले भेट्दैनन् । यो मुुलुुकमा जति व्यवस्था परिवर्तन विश्वका कुुनैपनि मुुलुुकमा भएका हुुदैनन् । इतिहासका हरेक कालखण्ड तिर नगई विशाल नेपालको एकीकरण पछि राणा शाशन शुुरु भयो १०४ बर्षे राणा शाशनमा राणाहरु कु्रर निर्दयी र निरंकुुुश भए भनेर २००७ सालमा प्रजातन्त्र आयो । यो व्यबस्था पनि जनताको हित र देशको विकासको पक्षमा छैन भनि २०१७ देखि देशमा ३० बर्षे पञ्चायतकाल लागू भयो । राजाले देश लुुटे, देश हिनामिना पारे भनेर यीनै राजनीतिक दलहरुले वहुुदलीय व्यवस्थाको लागि लडे तत्पश्चात २०४७ सालमा वहुुदलिय प्रजातन्त्रको उदय भयो ।

प्रजातन्त्र भनेको जनताको छोरो जनतावाट चुुनिएर जनतालाई नै शाषन गर्ने व्यवस्था हो भनि गरियको कुुराहरुलाई जनताले अनुमोदन गरे । तर भयो आफ्नो मान्छे नातेदार भाइभतिजा मोटाउने, भष्ट्रचार गर्ने वाहेक केही भएन । त्यसको ४ बर्षपछि नै माओवादीहरुले शशस्त्र विद्रोह शुुरु गरे । उनीहरुले पनि व्यवस्था राज्य संचालन शिक्षा प्रणाली र सर्वहाराको मुुद्दालाई अगाडि सारे । १० बर्षे शसस्त्र युुद्दमा धेरै धनजनको क्षति भए पनि गणतन्त्रको पक्षमा त्यसबेलाको सरकार र जनताले यसलाई पनि अनुुमोदन गरे । राजा सत्ताच्युत भए । २०६२÷६३ देखि हामी लोकतान्त्रिक गणतन्त्रमा छौ । राज्यको पुुनसंरचनादेखि संबिधानसभासम्म परिवर्तन भए । धेरै सरकारहरु परिवर्तन भए तर अल्पमतमा परि फेरिए । यो समयमा पनि एकअर्कालाई आरोप प्रत्यारोप र बहुुमतको एकल सरकार नभएकाले अस्थिरता भएको पुुष्टि गराउन सफल भए ।

त्यसलाई मध्यनजर गर्दै २०७३ सालमा देश र जनताले झण्डै दुुइतिहाईको सरकार त पायो तर देशको मुुहार र जनताको जिवनमा खासै प्रभाव परेन अनि आफ्नै अन्तरसंघर्षबीच कार्यकाल पूरा नहुुदै ढल्यो । अहिले गठबन्धनको सरकार छ तर यिनै नेताहरुबीच व्यवस्थाभित्र प्रश्न गरिसकेका छन् । एकल कार्यकारिणी राष्ट्रपति अनि राजासहितको गणतन्त्र मैले यी सबै उल्लेख गर्नुका तात्पर्य के हो भने कुनै पनि व्यवस्था आफैमा खराब हूुदैन। खराब त केबल नेताहरुको नियत र कार्यशैली र इच्छाशक्तिमा मात्र छ । कसरी भने, खाडी मुुलुुकहरुमा हामीले भोगेजस्तो पञ्चाल छ तर पनि आज उनीहरु कति बिकसित र अगाडी छन् । दुुनियाको मजदुुरहरु पालेका छन् त्योेमध्य हामिपनि छौ । बेलायत र जापानमा हामिले भोगेको बहुदलिय प्रजातन्त्र जस्तो मोडेल छ । उनिहरु आज कति बिकसित र अगाडि छन् ।

भारतले आज हामिहरुले भोगेको लोकतान्त्रिक गणतन्त्र मोडेलको व्यबस्थामा कति धेरै प्रगति गर्यो सर्वविदितै छ । चिन र रुसमा कम्युुनिष्टले शाषन गरे । आज दुुनियाकै शक्तिशालि छन् । त्यसकारण व्यबस्थालाई नै दोष दिएर जिम्मेवारी बोध नगर्ने नेताहरु हुुदैनन । इच्छाशक्ति र लगन पहिलो कुुरा हो ।

हाम्रै छिमेकी मुुलुक भारतका दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द्र केजरीवाल भष्ट्राचार बिरोधी अभियानमा २०१२ मा अन्ना हजारेले अगुुवाई गरेको आन्दोलनमा सहभागि भई २०१४ मा आफ्नो इन्जिनियर पेशा छोडेर राजनितिमा होमिएका उनि २०१५ को दिल्ली प्रदेश चुनाबमा जम्मा ७० मध्ये ६७ सिटमा जित हासिल गरि दिल्लीको मुख्यमन्त्री भएका थिए । उनले गरेका लोकप्रिय कामहरु निम्न प्रकारका छन् ।

१ः प्रति घर २० हजार लिटर पिउने पानी निशुल्क ।
२ः प्रतिघर २०० युनिट बिजुली निशुल्क ।
३ः प्रत्येक व्यक्तिलाई निशुल्क प्राथमिक स्वास्थ्य सेवा जाच, परामर्श तथा औषधि उपलब्ध ।
४ः सरकारी स्कुलहरुमा भौतिक तथा गुणस्तरीयमा व्यापक सुधार ९११,००० हजार सरकारी
स्कुलको बिस्वस्तरिय सुबिधा सहित निर्माण समपन्न,
५ः महिलाहरुको लागि सरकारी यातयातमा सेवा सित्तैमा,
६ः निशुल्क इन्टरनेट सेवा प्रतिव्यक्ति १५ जीबी डाटा प्रति महिना वितरण ।
७ः भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण ।
८ः २०१५ को तुलनामा २०१९ को बजेटमा १००% वृद्धि गराउन सक्षम ।
मैले यी सबै कुराहरु उठाउनुको कारण भनेको राष्ट्र नीति निर्माता तथा शासन गर्ने नेताहरुमा इच्छाशक्ति, शिक्षित, कुशल र दृढ अठोट भए राज्यमा आमुल परिबर्तन गर्न कत्ति पनि समय नलाग्ने घटनाको उजागर मात्र गर्न खोजिएको हो । उनको राज्यसरकार र केन्द्र सरकार फरक विचार र पार्टीको भएर पनि समन्यमा जति बिघ्न बाधा भए पनि आखिरकार उनले जनतामा देखिने र राहत हुने काम गरेर दुनियामा प्रशंसाका पात्र बनेका छन् । दिल्लीको अहिलेको जनसंख्या लगभग ३ करोड छन् । त्यसो त झन् भारतको राजधानी पनि भएकोले अनेक किसिमका चुनौतीका बाबजुद पनि ५ बर्ष को एकदम छोटो अबधिमा भएको प्रगति चाही सानो कुरा भन्ने पक्कै होइन ।

अन्त्यमा, सफा मन दृढसंकल्प लगनशील देश र जनताप्रतिको उत्तरदायित्व कर्तव्यबोध बहन गर्ने नेता देशले पाए दुई तिन सय बर्षको पुरानो हाम्रो इतिहास बदल्न धेरै समय लाग्ने थिएन । लेखक माछापुच्छे« गाउँपालिका वडा नं. ६ नेकपा माओवादी केन्द्रका सचिव हुनुहुन्छ ।

 

 

Leave A Reply

Your email address will not be published.