काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी,गच्छदार दुई मतले पराजित

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ । उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी हुनुभयो ।

खड्काले २१२१ मत प्राप्त गर्नुभयो भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी हुनुभयो । विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित हुनुभयो । उहाँले १९०६ मत प्राप्त गर्नुभएको छ ।

खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट निर्वाचन लड्नुभएको थियो । त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभएको छ ।

Comments
Loading...