घार्मी–कुरेचौर–ढिकिडाँडा–मूलाछनी–कोटडाँडा–झुप्राङकोट–गर्याङ होमस्टेसम्मको हाइकिङ

हिमाली आवाज । टे«किङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रिय संघ ,पोखराको आयोजनामा शनिबार एक दिनको घार्मी–कुरेचौर–ढिकिडाँडा–मूलाछनी–कोटडाँडा–झुप्राङकोट–गर्याङ होमस्टेसम्मको हाइकिङ गरिएको छ ।

पोखरा महानगरपालिका बडा नम्बर १६ र १९ को समन्वय एवं स्थानीय पर्यटन व्यबस्थापन समितीको व्यबस्थापनमा ओझेलमा परेका पर्यटकीय महत्वले प्रचुर सम्भावना बोकेका पदयात्रा क्षेत्रहरुको अध्ययन ,अनुसन्धान ,प्रबर्धन एवं बजारीकरण गर्ने उद्घेश्यका साथ ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गयौ,दिगो पर्यटन बिकास,प्रबर्धन र संरक्षण गरौ भन्ने नाराका हाइकिङ गरिएको टानाले जनाएको छ ।

पदयात्रा कार्यक्रमको शुरुवात घार्मीबाट गरिएको थियो उक्त स्थान लगायत ठाउ ठाउमा स्थानीयहरुले बाजागाजाले भव्य स्वागत गर्नु भएको थियो । पदयात्राको फर्कने बेला गर्लाङ गाउँको सामुदायिक होमस्टको अवलोकन गरी सहभागीहरुलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । बिहान ढिकीडाँडा(हरिपाउ) र दिउसो झुप्राङकोटमा आयोजना गरिएको औपचारिक कार्यक्रमको सभापतित्व संघका अध्यक्षसुशीलराज पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा संघीय सांसद एवं पूर्वमन्त्री माननीय जगत बहादुर बि.कले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दिर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकिडाँडा–मूलाछनी–कोटडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रबर्धन गर्नुपर्ने बताउनुभयो । दीर्घकालीन योजनाका साथ अघि बढ्नु पर्ने उहाँको भनाई छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीबन आचार्यले पोखराबाट नजिकको दुरीमा रहेर पनि ओझेलमा परेका ऐतिहारिक महत्व बोकेका सुन्दर पर्यटकीय स्थलहरुको प्रर्बधन गर्न यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष पौडेलले आगामी दिनमा यस रुटको प्रबर्धन गर्न आइटनी बनाई आफना सदस्य कम्पनी माझ पठाई पोखरा नजिकको यस हाईकिङ गन्तव्य अन्तराष्ट्रिय स्तरमा बजारीकरण समेत गरिने बताउनुभयो । साथै कार्यक्रममा उत्साहजनक उपस्थितीका लागी सम्पुर्णलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधीहरु,पोखराका पर्यटकीय संघसंस्थाका प्रतिनिधीहरु, मजदुर संगठनका प्रतिनिधीहरु ,पत्रकार, जनप्रतिनिधी , स्थानीय पर्यटन व्यबसायी ,समाजसेवी तथा स्थानीयहरु सहित २०० जनाको सहभागितामा पदयात्रा कार्यक्रम सम्पन भएको हो । समग्र हाईकिङ कार्यक्रमको संयोजन कार्यसमिती सदस्य एव संयोजक गोपाल कृष्ण संग्रौलाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव मिलन तिवारीले गर्नु भएको थियो ।

Comments
Loading...