नेलम्बो नेपालको चौथो वार्षिकोत्सव,विपन्न परिवारका बालबालिकालाई सहयोग

हिमाली आवाज । पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले बुधबार एक विशेष कार्यक्रमका बीच आफनो चौथो वार्षिक उत्सव मनाएको छ ।

माछापुच्छ«े गाउँपालिका वडा नं ६ धितालमा रहेको एक विपन्न परिवार तोल बहादुर थापाका चार जना वालवच्चाहरुलाई जाडोमा लगाउने न्यानो कपडाहरु ( मोजा, थर्मकोट, ट्रयाक सुट) र स्टेशनरीका सामग्रीहरु ( कपी, झोला, पेन्सील, डट्पने ) वितरण गरेर संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

माछापुच्छ«े गाउँपालिका वडा नं. ६ धितालका अध्यक्ष हरिश्चन्द्र ढुङ्गानाको रोहवरमा नेलम्बो नेपालका अप्रेशन कोडिनेटर विदित साहले सो सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमममा नेलम्बो जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी र निर्मला देवकोटा समेत उपस्थित हुनु भएको थियो । सामग्री हस्तान्तरण गर्दे साहले नेलम्बो नेपाल विपन्नता भएका व्यक्तिहरुको साथमा रहेको आफ्नो चौथो वर्ष सफलताका साथ विताएर पाँचौं वर्षमा प्रवेश गर्दैगर्दा विपन्नता भएका परिवारहरुलाई सानो भए पनि सहयोग गरी साथ दिन पाउँदा आफुहरु खुशी रहेको वताउनुभयो ।

कार्यक्रमममा वडा अध्यक्ष ढुङ्गानाले नेलम्बो नेपाल माछापुच्छ«े गाउँपालिका वडा नं. ६ वासीको मन मस्तिष्कमा सधै रहेको र आज पुनः एक विपन्न परिवारका वालवच्चाहरुलाई न्यानो कपडा तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरी अर्को पुण्य कार्य गरेको बताउनुभयो ।

उहाँले आगामी वर्षका कार्यक्रमहरुको पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो । उक्त सामग्रीहरु ग्रहण गर्दै थापाले नेलम्बो नेपालले आफ्ना नानी बाबुहरुलाई जाडो यामका कपडा तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरी ठुलो सहयोग गरेको प्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।

उहाँले आफु शिक्षाको ज्योती प्राप्त गर्न नपाएका कारण आज धेरै दुःख कष्ट भोग्नु परेको र यी वाल वच्चहरुलाई सकेसम्म शिक्षा प्रदाने गरी सक्षम बनाउनका लागि हरदम लागि पर्ने बताउनु भयो ।नेलम्बो नेपालले हरेक वर्षको पौष १४ गतेलाई नेलम्बो नेपालको स्थापना दिवसको रुपमा मनाउँदै आईरहेकोछ ।

Comments
Loading...