हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सेमि भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले अध्यक्ष जगत पोखरेलको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।अध्यक्ष पोखरेलका अनुसार संस्थाले छिट्टै आयोजना प्रभावित र अन्यका लागि आइपिओ समेत जारी गर्ने नीति साधारणसभाबाट पारित गरेको छ । साधारणसभाा पुर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा जलबिद्युत र उर्जाको अपार संभाबना रहेको बताउँदै े सानो सानो पूँजी एकिकृत गरेर ठुला ठुला जलबिद्युतको परियोजना चलाउनु सकारात्मक बताउनुभयो ।
साधारण सभामा बिशिस्ट अतिथि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य , प्रमुख सल्लाहकार गणेश कुमार श्रेष्ठ ,वित्तीय सल्लाहकार नारायण पौडेल, सल्लाहकार गोपाल पोखरेल,वासुदेव अधिकारी,सोसल डाईरेक्टर बोम बहादुर गुरुङ,एचआइडिसिएल प्रतिनिधि सञ्चालक वासुदेव भण्डारी, प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डे, कर्पोरेट लगानी शाईन रेशुङ्गा बैंकका अध्यक्ष थानेश्वर पौडेल ,सञ्चालकहरु दुर्गा सुवेदी, बिनोद ज्ञवाली, भिजन लुम्बिनीको तर्फबाट कुलबहादुर केसी, सन्तोष पोखरेल ,कम्पनी सचिव मीन प्रसाद ज्ञवाली लगायतले भनाई राख्नुभयो ।
भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ । माछापुच्छ«को भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ ।पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।
लुम्विनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडबले सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धन गरेको हो । विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ ।रु पाँच अर्व लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् । बैँक वित्तिय संस्थासँग लगानी सम्बन्धी सम्झौता यसअघिनै सम्पन्न भइसकेको आयोजना प्रवन्धक इन्जिीनियर लेखनाथ पाण्डेले बताउनुभयो ।
बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उहाँका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी समेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् ।
जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरीद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रश्ताव वन मन्त्रालयमा पेश गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रवन्धक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।
आयोजनाले उत्पादन गरेको विद्युत वर्खायामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।
आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ«ेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको बताइन्छ ।