हिमाली आवाज । ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को अवार्ड कार्यक्रम आज (शुक्रबार) हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे शुरु जनाइएको छ ।
आज हुने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ताम्रपत्र, दोसल्ला प्रदान गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्नेछ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने मञ्चले जनाएको छ ।
मञ्चले अवार्ड अन्तरगत ४ विद्याको मनोनयन यस अघिनै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ । जस अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जानकारी हिमाली आवाजलाई जानकार दिनुभयो ।

वर्ष खेलाडी पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आईटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन् ।
त्यसैगरि वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा पर्नुभएको छ ।
त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवती खत्री केसी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट बिजय नेपाल सम्मानित हुने मञ्चका सचिव राजु गिरीले जानकारी दिनुभयो ।