गण्डकीका अर्थमन्त्री बराललाई कोरोना संक्रमण

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा असहताज भएपछि बरालको हिजो नमूना संकलन गरिएको र आज प्राप्त परीक्षण नतिजामा कोरोना पुष्टि भएको मन्त्री बरालका प्रमुख स्वकीय सचिव भीमबहादुर विक(क्षितिज)ले जानकारी दिनुभयो ।

अर्थमन्त्री बरालको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आराम गरिरहनुभएको बताइन्छ । मन्त्री बरालका सचिवालय र निजी निवासका ११ जनाको हिजो नमूना परीक्षण गरिएकामा तीन जनामा बाहेक अन्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comments
Loading...