माओवादी अध्यक्ष प्रचण्ड कोरोना संक्रमणमुक्त,उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कोरोना संक्रमणमुक्त हुनुभएको छ । अध्यक्ष प्रचण्ड सहित उहाँको सचिवालयका सदस्यहरु समेत संक्रमण मुक्त हुनु भएको बताइन्छ ।

अध्यक्ष प्रचण्ड १० दिन अघि कोभिड संक्रमित भएपछि घरमै आइसोशलेसनमा रहनुभएको थियो । प्रचण्डको आज गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँका स्वीकय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

स्वकिय सचिव मल्ल पनि संक्रमणमुक्त हुनुभएको छ । अध्यक्ष प्रचण्डको सचिवालले कोरोना संक्रमणको तीब्र विस्तारबाट संक्रमित हुनु भएका सबै दिदीबहिनी तथा दाजुभाइहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

यसैगरी कोभिड संक्रमण बिस्तारको दर उच्च र तीब्र भएकोले उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि सबैमा अपिल गरिएको छ ।

Comments
Loading...