पुम्दीकोटका अधुरा योजना पूरा गर्न शिव पुराण र पर्यटन महोत्सव

हिमाली आवाज । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा पुनः दोस्रो पटक महायज्ञ गरिने भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा पुम्दीकोटमा कुमार पार्वतीको मुर्ति तथा बिद्युतीय चियर कार सहितका भौतिक संरचना स्थापना गर्न पुनः आउदो माघ महिनाको ८ देखि १८ गतेसम्म शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सुमेरु पर्बत नामाकरण गरी कुमार पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेस्वर महादेब देखि सुमेरु पर्वतसम्म पहुचको लागि बिधुतीय चियर कार निर्माण गर्ने, ग्रिनरि पार्क निर्माण गर्ने, पार्किङ् स्थल निर्माण गर्ने मूल मूर्ति लगायतका भौतिक संरचना निमार्णको लागि महायज्ञ गर्नु परेको समितिका अध्यक्ष एवं उद्योगपती चन्द्रकान्त बरालले बताउनु भयो । बिशाल महादेवको मुर्तिका अधुरा काम पुरा गर्न दोश्रो पटक आयोजना हुने महायज्ञबाट पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । हालसम्म उक्त बिशाल महादेवको मुर्ति निर्माण परियोजना अघि बढाउने क्रममा करिब ३ करोड ७५ लाख ऋणमा काम अघि बढेकोले गर्दा पनि पुनः महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष बरालले जनाए ।

शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न संकल्प महायज्ञ २०७८ को मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झmँकी प्रर्दशन गरिने भएको छ ।

प्रथम महायज्ञ लगायत यस महायज्ञका दान(दाताहरुबाट प्राप्त दान रकमको स्तम्भ शिलालेख निर्माण गर्ने गरिने भएको समितिले जनाएको छ ।
प्रथम महायज्ञबाट ५१ फिट अग्लो महादेवको बिशाल मूर्ती स्थापना गरिएको, ३१ फिट उचाइको बिशाल डम्मरु निर्माण, महादेवको बिशाल क्षेत्र् कुण्ड ९गङ्गा पोखरी० तेश्रो आखा १०८ धारा जडान सहित, शिब ताण्डब नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण, २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्वारी सिढी निर्माण, सुबिधा सम्पन्न सौचालय सहितको प्रशासकीय भवन निर्माण, ४१ वटा फूलमाला बिक्रि कक्ष रहने सटर, मूर्ती परिसरमा कम्पाउड वाल निर्माण, २०० मिटर पहुचको पक्कि मार्ग निर्माण, मनोरेल द्वारा गणेश परिक्रमा लगायतको भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीले गण्डकी प्रदेशकै गौरवका रुपमा रहेको पुम्दीकोट विशाल महादेव मूर्ति सहितका परियोजना सम्पन्न गर्नका लागि चालिएकामा कार्यहरुमा सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...