Tiger Cup

स्वास्थ्य मापदण्डको पालना गरेर पोखरा महोत्सव

हिमाली आवाज । एघारौ पोखरा महोत्सवको तयारी पुरा भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष तथा एघारौ पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीको विषम परिस्थितीलाई मध्येनजर गरी स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन गरिने वताउदै दर्शकहरुलाई ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रह समेत गर्नुभयो ।

महोत्सवमा अनिवार्य मास्क र प्रयाप्त मात्रामा सेनिटाइजरको ब्यवस्था संगै थर्मल गनबाट ज्वरो चेक गरी प्रवेश दिइने उहाँको भनाइ रहेको थियो । दर्शकहरुलाई महोत्सवमा भौतिक दुरी कायम गराइने बताउदै महोत्सवमा आउने दर्शकहरुले लाइन नबसिकन घरमै बसेर टिकट काटेर आउन समेत आग्रह गर्नुभयो ।

प्रभु एपबाट दर्शकहरुले टिकट काट्ने ब्यवस्था संगै महोत्सव स्थल प्रवेशद्धारमा समेत पैसा हालेर टिकट लिने मेसिन समेत राखिने भएकाले टिकट काउण्टरमा त्यति मात्रामा भिडभाड नहुने अध्यक्ष श्रेष्ठको भनाइ रहेको थियो ।

माघ ९ गते सम्म सञ्चालन हुने महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको प्रस्तुती संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुद्धारा लाईभ कन्सर्ट हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिनुभयो ।

महोत्सवमा लोकदोहोरी तर्फ पुरुषोत्तम न्यौपाने, प्रीति आले, प्रकाश सपुत, राजु गुरुङ, रामजी खाँड, पशुपति शर्मा, बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्र सहित स्थानिय कलाकारहरु रहनेछन भने सांझको पप तथा लाईभ कन्सर्ट तर्फ भिटेन, मेलिना राइ, दिनेश ढकाल, छेवाङ लामा, सविन राइ एण्ड फारोह ब्याण्ड, अभय एण्ड स्टीम इन्जीन्स, झिल्के एण्ड द कम्पनी, ए एस एम, लेकाली व्याण्ड तथा लोकल ब्याण्डहरुको प्रस्तुती रहने प्रचार प्रसार संयोजक थापाले जानकारी दिनुभयो ।

महोत्सवमा दुई सय ४७ वटा स्टलहरु रहने छन् भने महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पु¥याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने उद्येश्य लिएको छ । त्यसैगरी महोत्सवको माध्यमबाट सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झांकी प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, चिडियाखानाको स्मारक प्रदर्शनी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती लगायतका गतिविधी हुनेछनभने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु द्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, झाकी प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन ।

महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाइको ब्यवस्था, अग्नि, चट्या∙, भुकम्प, हुरीबतास, हुलद∙ा बिमा को व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था, पार्कि∙को उचित व्यवस्था गरिएको छ । क्लवका महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राख्नुभयो भने पत्रकार महासंघ कास्कीका सचिव माधव वराल लगायतले महोत्सव सफलताको कामना गर्नुभयो ।

 

टिप्पणिहरु
Loading...