काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर गरी दुई हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी आठ हजार ४२५ जना संक्रमित निको भएका छन् ।२४ घण्टामा पाँच लाख १३ हजार ५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको जनाइएको छ ।