काठमाडौँ । यातायात व्यवस्था विभागले सोमबार चैत १ गतेदेखी अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द निर्णय गरिएको विभागले जनाएको छ । हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।