काठमाडौँ । एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । एमालेको दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकेको हो ।
बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेद्वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्वारको छनोट गर्नेछ ।