पोखरामा सम्पन्न ‘एशिया कप ट्रायथलन’मा गेन्टा र एकटेरिना च्याम्पियन

हिमाली आवाज । पोखरामा आज सम्पन्न ‘एशिया कप ट्रायथलन तथा दक्षिण एशिया च्याम्पियनसीप’ अन्तर्गत पुरुषतर्फको उपाधि जापानका गेन्टा भिसिइडाले जित्न सफल हुनुभएको छ । यसैगरी महिलातर्फ काजाकिस्तानका एकटेरिना सावालिना च्याम्पियन हुनुभयो ।

नेपाल ट्रायथोलन सङ्घको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बन्नुभएका गेन्टाले ७५० मिटर पौडी ,२० किमी साईक्लिङ र पाँच किमी दौड ५३ मिनेट १४ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभयो ।

पुरुषतर्फ जापानकै क्योटारो ओसिकावाले ५३ मिनेट २२ सकेण्ड र अष्ट्रियाका लियोन पावगरले ५३ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गरी क्रमश ःद्धितीय र तृतीय बन्नुभयो ।महिलातर्फ च्याम्पियन बन्नुभएका काजाकिस्तानका एकटेरिनाले फेवातालमा ७५० मिटर पौडी सहित २० किमी साईक्लिङ र पाँच किमी दौड एक घण्टा दुई मिनेट २० सेकेण्डमा पार गर्नुभएको हो ।

यसैगरी महिलातर्फ द्धितीय हुन सफल जापानका हिराकु हुकुओकाले एक घण्टा दुई मिनेट ५३ सेकेण्ड र काजाकिस्तानका नाजिन्दा बेकमागनले एक घण्टा चार मिनेट १४ सेकेण्डमा तोकिएको दूरी पार गरी तृतीय हुन सफल हुनुभयो ।

प्रतियोगितामा नेपाल सहित जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत र बङ्गलादेश गरी सात राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरी ६३ खेलाडीहरुले सहभागिता जनाएको नेपाल ट्रायथलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पौडी फेवातालमा गराइएको थियो ।

साइक्लिङ र दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं गौरीघाटमा पुगेर समापन गरिएको थियो ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, सङ्घका अध्यक्ष श्रेष्ठ लगायतले मेडल तथा प्रमारणप्रण वितरण गर्नुभएको थियो । च्याम्पियनसीपले खेलकुदको विकाससँग पर्यटनलाई पनि अगाडि बढाउन मद्धत पुग्ने विश्वास आयोजकको छ ।

Comments
Loading...