हिमाली आवाज । आसन्न स्थानीय तह निर्वाचनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट १० जना र उपाध्यक्षमा सात जनाले दावेदारी प्रस्तुत गरेका छन् ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न बसेको गाउँ पालिका कमिटीको बैठकमा अध्यक्षमा कृष्णकुमारी दवाडी, विक्रम गुरुङ, यदुनाथ अधिकारी, लालबहादुर परियार, नन्दलाल अधिकारी, भगवती गुरुङ, नवराज शाही, राजेन्द्र गौतम, हरिश्चन्द्र ढुँगाना र पूर्णबहादुर गुरुङले मनोनयन दर्ता गराउनुभएको हो ।

यसैगरी उपाध्यक्षमा जितुमाया तामाङ, सीता तिवारी, चन्द्रा ज्यू ठकुरी, हिरादेवी सुनार, शान्ति भुजेल, विष्णु केसी र पार्वती जिसीको मनोनयन रहेको छ ।
एमालेले सकेसम्म सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने र नभए मतदानबाट टुँगो लगाउने जनाएको छ । मतदानबाट अध्यक्ष र उपाध्यक्ष दुबैमा एक महिला सहित तीन÷तीन जना छनोट गरी जिल्ला कमिटीमा सिफारिस गरिने गाउँपालिका इन्चार्ज महेश्वर दवाडीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“आज आकांक्षी उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । अझै पनि सर्वसम्मतको प्रयार जारी राख्छौँ । नभए अन्तिम विकल्पका रुपमा निर्वाचन गरिनेछ ।”