हिमाली आवाज । आसन्न स्थानीय तह निर्वाचनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले आन्तरिक निर्वाचनबाट चयन गरेको छ ।
एमालेले आज निर्वाचन गरी सर्वाधिक मत ल्याउने तीन÷तीन जनालाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवारका लागि जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

म्मतदानबाट विक्रम गुरुङ, लालबहादुर परियार र भगवती गुरुङ अध्यक्षका लागि सिफारिस हुनुभयो । गुरुङ गाउँपालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । परियार हाल गाउँ कार्यपालिका सदस्य हुनुहुन्छ ।यसैगरी उपाध्यक्षमा सीता तिवारी, जितुमाया तामाङ र पार्वती जिसी सर्वाधिक मत प्राप्त गरी सिफारिस हुनुभएको छ ।
एमालेले स्थानीय तह निर्वाचनका लागि हरेक पालिकाबाट एक जना महिला सहित तीन जनाको नाम माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन दिएको हो । एमालेले पालिकाबाट सिफारिस नामहरु मध्येबाट अध्यक्ष र उपाध्क्षलाई निर्वाचनको टिकट दिने जनाइएको छ । पालिका कमिटीका ८८ सदस्यहरु मध्ये ८५ जनाले मतदान गरेका थिए ।
माछापुच्छ्रेमा एमालेबाट अध्यक्षका लागि कृष्णकुमारी दवाडी, यदुनाथ अधिकारी, नन्दलाल अधिकारी, नवराज शाही, राजेन्द्र गौतम, हरिश्चन्द्र ढुँगाना र पूर्णबहादुर गुरुङले मनोनयन दर्ता गराउनुभएको थियो । यसैगरी उपाध्यक्षमा चन्द्रा ज्यू ठकुरी, हिरादेवी सुनार, शान्ति भुजेल र विष्णु केसी आकांक्षी हुनुहुन्थ्यो ।