चुनाव जितेपछि मादीमा बाँदर धपाउने अभियान चलाउँछौं :उम्मेदवारहरु

हिमाली आवाज । गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताउनुभएको छ । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले कृषकलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाइने उल्लेख गर्नुभयो ।

‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिने, हामीले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भन्नुभयोे ।

मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार एवं नेकपा माओवादी केन्द्रका नेता लाल बहादुर गुरुङलले विकास विरोधी, कानुन, संविधान नमान्नेलाई वैशाख ३० गते नांगेझार पार्ने बताउनुभयो । अधिनायकवादी शैली र भ्रष्ट मानसिकता लाई बैशाख ३० गते मादीबासीले सधैका लागि पन्छाउने उहाँको दावी छ ।

मादी ८ मा घर दैलो एबम कोण सभा कार्यक्रम अध्यक्षता नेपाली कांग्रेस मादी ८ का सभापति राजेन्द्र अधिकारीले गर्नुभयो । कोण सभामा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य सोमती गुरुङ, वडाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीजंग गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सचिब सरोज केसी, मादी सभापति याम बहादुर गुरुङ, किरण सापकोटा, बेल बहादुर बिक, चेत बहादुर गुरुङ, ओम प्रकाश गुरुङ, आश तामाङ लगायतले भनाई राख्नुभयो । सोही कार्यक्रममा एमालेका साधारण सदस्य बोधबहादुर तामाङले एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्नुभएको बताइन्छ । उहाँलाई गाउँपालिका प्रमुख पदका उम्मेद्वार देवीजंग गुरुङले पार्टी प्रवेश गराउनुभयो ।

शनिबार नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले मादी १० मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Comments
Loading...