मदिरा सेवन गरेकाले भोट हाल्न नपाउने

हिमाली आवाज । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश नदिने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएपनि आयोगले मदिरा सेवन गरेका व्यक्तिलाई मतदान केन्द्रमै प्रवेश नदिने भएको हो ।

यस्तै त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments
Loading...