हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगर पालिकाको मतगणना वैशाख ३१ गतेदेखी जारी छ ।
पोखरा–७ शहीदचोकस्थि उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा आज साँझसम्म सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै जानुभएको छ । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटको पनि झिनो मतको अग्रता छ ।
पोखरामा हालसम्म ५८ हजार १२२ मत गणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार उम्मेदवार आचार्यको दुई हजार ८४५ मतान्तरले अघि हुनुहुन्छ ।आचार्यले २४ हजार ३२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उहाँका प्रत्याशी एमालेका कृष्ण थापाले २१ हजार १८७ मत सहित पछ्याइरहनुभएको छ ।

यसैगरी राप्रपाका शंकर खरालले दुई हजार ४१३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले एक हजार ३८८ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा काँग्रेसका कोपिला रानाभाटले २४ हजार ३०४ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको २४ हजार २०६ मत छ । राप्रपाका रञ्जना सेनले दुई हजार २२१ मत प्राप्त गर्नुभएको छ ।
पोखरा महानगरका ३३ वडा मध्ये हालसम्म १२ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले नौ वडामा जित हासिल गरेको छ भने एमालेले तीन वडा जितेको छ ।
नेपाली काँग्रेसले वडा नं २, ३, ४, १२, १३, २३, २४ ,२५ र २६ नं वडा जितेको छ । नेकपा(एमाले)ले वडा नं १, ५ र वडा नं ६ जितेको छ ।
