काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह निर्वाचित,उपमेयरमा डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो ।

साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गर्नुभएकामा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनुभएको छ ।

महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुनुभयो । डंगोलले ६८ हजार ६१२ ल्याउदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभयो ।

Comments
Loading...