पृथ्वी राजमार्गको आँबुखैरेनीमा सडक भासियो, यातायात अवरुद्ध

हिमाली आवाज । पृथ्वीराजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । आज विहानदेखी राजमार्ग अवरुद्ध भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण राजमार्गको सडकको भाग भासिएको हो ।

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको बताइन्छ ।

Comments
Loading...