हिमाली आवाज । गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा विजुली बत्ती पुगेको छ । प्रदेशमा अव दुई हजार ८८४ घर धुरीमा मात्र घरमा बिद्युत पु¥याउन बाँकी रहेको बताइन्छ ।
गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण विसं २०७८÷०७९ का अनुसार अव प्रदेशमा शुन्य दशमलव पाँच प्रतिशत घरमा मात्र बिद्युतको पहुच पु¥याउन बाँकी छ ।
प्रदेशका पाँच लाख ७७ हजार ६८२ घरधुरी मध्येमा राष्ट्रिय प्रसारण लाइन तथा नवीकरणिय उर्जा मार्फत पाँच लाख ७४ हजार ७९८ घरपरिवारमा विद्युतको पहुँच पुगेको उल्लेख छ ।
विसं २०७४ मा प्रदेश सरकार गठन हुँदा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युतमा पहुँच प्राप्त परिवार ८२ दशमलव दुई प्रतिशत रहेकामा हाल वृद्धि भई ९५ दशमलव ६८ प्रतिशत पुगेको जनाइएको छ ।

अझै पनि नवलपरासीको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाका केही वडा,बाग्लुङको तमानखोला र निसीखोला गाउँपालिकाका केही वडाहरु, मुस्ताङको साङ्ता गाउँ,देवघाट गाउँपालिकाका अधिकाँस ठाउँहरु, गोरखाको आरुघाट,धार्चे, चुमनुब्री गाउँपालिकाका अधिकाँस स्थानहरु र मनाङका नार्फाभूमि,चामे, नासो र मनाङ निस्याङ गाउँपालिकामा विद्युत पहुँच पुग्न सकेको छैन ।गण्डकीमा विभिन्न १३ वटा वितरण केन्द्र मार्फत ११ जिल्लामा विद्युत वितरण भइरहेको उल्लेख छ ।
गण्डकी प्रदेशमा आधारभूत खानेपानीमा पहुँच पुगेको जनसङख्या ९३ दशमलव ७५ प्रतिशत रहेको छ । प्रदेश सरकारले घोषणा गरेको एक घर एक धारा कार्यक्रम अन्तर्गत हालसम्म ४२२ वटा खानेपानी योजना सम्पन्न भएर ९३ हजार ८ सय १८ घर धुरीमा निजी धारा जडान भई चार लाख ७१ हजार ६८२ जनसङ्ख्या लाभान्वित भएको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी प्रदेशमा कुल तीन लाख ७० हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा दुई लाख ७२ हजार हेक्टरमात्र सिंचाई योग्य रहेको छ । सिँचाई योग्य जमिन मध्येमा हालसम्म एक लाख ३७ हजार ८५० हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको जनाइएको छ ।
प्रदेशमा हाल १४ दशमलव ९१ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि, २६ दशमलव एक प्रतिशत मानवीय गरिबीको रेखामुनि र १४ दशमलव एक प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको सर्वेक्षणमा उल्लेख छ ।