हिमाली आवाज । नेपालमा पेट्रोलको मूल्य घटेको छ । आज बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै निगमले पेट्रोलको मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो । दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गका सहर चारआली, विराटनगर, जनपुर सहितमा १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।