हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नीति तथा कार्यक्रममा नसमेटिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा नआएको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा आयोजना गरेको संसदीय पत्रकार क्षमता अभिबृद्धिका लागि अध्ययन अवलोकन र अनुभव आदन प्रदान सहितको तालिमको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो, “हामीले सन्तुलित बजेट ल्याएका छौं, एकाध टिका टिपण्णी हुनु स्वभाविक हो, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नीति तथा कार्यक्रममै नभएको बिषयलाई बजेटमै ल्याउनै पर्छ भन्ने हुदैन, त्यो कुनै क्रमागत योजना होइन त्यो बार्षिक कार्यक्रम भएकोले गर्दा पनि पहिलाकै ढंगले आएका कार्यक्रमलाई निरन्तरता दिनै पर्छ भन्ने हुदैन । ”
मुख्यमन्त्रीको नेतृत्वमा निर्माण हुने नीति तथा कार्यक्रममानै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नहुनु स्वभाविक ढंगले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छैन भन्ने आसय नीति कार्यक्रमको भएको कुरा प्रमाणित हुन्छ भन्ने मन्त्री बरालको भनाई थियो ।
उक्त बिषयले गर्दा सदनमा प्रस्तुतः भएको बजेट माथि छलफल स्थगित हुनुले मन्त्री पद नै बर्खास्तको कुरा आएको छनि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री बरालले कागें्रसले आफुलाई मन्त्री नबनाएकोले आफ्नो पार्टी र नेताहरुले विवेक पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बरालले कुन मन्त्रालयमा के भयो भन्दा पनि हरेक मन्त्रीहरुले आ—आफ्नो जिम्मेवारी के हो त्यस तर्फ ध्यान केन्द्रित हुदै काम गर्न आग्रह गर्दै अर्थ मन्त्रालयमा आँखा नलगाउन चेतावनी समेत दिनु भयो । कृषिलाई प्रोत्साहन हुने गरी बजेट आएको बताउदै मन्त्री बरालले एक निर्वाचन एक कृषि सडक अवधारणले कृषि उत्पादनलाई प्रोत्साहन हुने दाबी गर्नु भयो ।
अन्य प्रदेश भन्दा गण्डकी प्रदेशले आफ्नो आयको आधारमा कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याएको दाबी गर्दै मन्त्री बरालले आन्तरिक ऋण लिने बिषयमा संघ सरकारले समयमै कानून नवनाएको कारण ऋण लिन नसकेको प्रष्ट पार्नु भयो ।
असार १ गते बजेट प्रस्तुतः गरे पश्चात बार्षिक कार्यक्रम पुस्तिका प्रकाशनको लागि २ दिनको समय सिमा अर्थ मन्त्रालयले मागेको भए पनि ५ गतेसम्मको लागि प्रदेश सभाले समय दिएकोमा हाल सदन कहिलेबाट चल्ने अन्यौल भएको छ । सांसदहरुले आफ्नो भूमिका भुल्दा व्यबस्थापिकाले कार्यपालिकाको काम गर्न तल्लिन भएको मन्त्री बरालको भनाई थियो ।
नियम कानून निर्माण गर्ने तथा परिस्कृत गर्नुपर्ने सांसदहरुले सडक बाटो, मठ मन्दिर निर्माणमा जुट्ने गरेको उहाँको आरोप थियो । मञ्चका कार्यवहाक अध्यक्ष अमृत सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्यद्धय त्रिभुवन पौडेल र सरिता तिमिल्सिना पंगेनी लगायतले वोल्नु भएको सचिव रोहितराज पराजुलीले बताउनु भयो ।


