कास्कीको धम्पुस केन्द्र भएर चार दशमलव नौ रेक्टरको भुकम्प

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी शहर पोखरा लगायत यस आसपासका क्षेत्रमा आज विहानै भुकम्पको धक्का महसुुस भएको छ ।

विहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस केन्द्रविन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पले धक्का कास्की सहित यस आसपासका जिल्लाहरु बाग्लुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । भुकम्पको केन्द्रविन्दु रहेको धम्पुसका वडाध्यक्ष बैकुण्ठ भण्डारीले ठूलो धक्का दिएपनि विहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।

Comments
Loading...